default_image

8 years ago

February 7, 2017

रुस्लान गोल्डकपमा आर्मी र वीरगन्ज भिड्दै

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार त्रिभुवन आर्मी क्लब र वीरगन्ज युथ क्लबीच प्रतिस्पर्धा हुँदैछ । वीरगन्ज पहिलो खेलमा पोखरा आहा रारा गोल्ड कपको उपविजेता सहारा क्लबलाई हराउँदै अघि बढेको थियो । आर्मीले भने सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको थियो ।

army-on-jhapa-goaldcup

गत महिना टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको आर्मीले त्यसयता कुनै पनि फाइनल खेलेको छैन । हेटौडापछि सुदूरपश्चिमाञ्चल खप्तड गोल्डकपको पहिलो खेलमै हारेको आर्मी पोखरामा आहा रारा गोल्डकप र रमपम झापा गोल्डकपको सेमिफाइनलमै रोकिएको थियो । यद्दपी आर्मीको लागि यो बर्ष सफल बर्ष हो । टोलीले यो बर्ष ५ फाइनल खेल्दै तीन उपाधि जितेको थियो । नवीन न्यौपानेले साउनमा आर्मीको प्रशिक्षण सम्हालेयता टोलीको यो नवौं प्रतियोगिता हो ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.