3 months ago
July 28, 2024
सुशिल पन्त क्षेत्री , चितवन
हर्दी युवा समाज र माडी ११ सेन्ट्रल कलेज चितवन जिल्ला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छन् ।
आइतबार समूह बी को अन्तिम दुई खेलको नतिजापछि हर्दी र माडीले सेमिफाइनलमा स्थान बनाएका हुन्। लिगको ५ खेलमा ४ जित र १ बराबरी गरेको हर्दी १२ अंकसहित समूह विजेता बनेको छ ।
माडी समान खेलमा ३ जित, १ हार र १ बराबरीसहित १० अंकका साथ उपविजेता बनेको हो ।
शारदानगरमा भएको खेलमा नारायणगढ एफसीलाई ३-१ ले हराउँदै माडी ११ ले उपविजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
टोलीको जितमा रितेश क्षेत्रीले खेलको २३ औं र ६८ औं तथा सन्देश महतोले ३६ औं मिनेटमा गोल गरे । एनएफसीका राजु सेन्चुरीले ५३ औं मिनेटमा मात्र गोल गरे ।
आजै कृष्णपुरमा सम्पन्न समूह बी कै अर्को खेलमा रामपुर एफसीले एभरेष्ट क्लब चितवनलाई ६-० ले पराजित गर्यो ।
यो हार र माडीको जितका कारण एभरेष्टको यात्रा लिग चरणमा नै टुङ्गियो । रामपुरका जिताउन साहेल थापा र बिमल तामाङले ह्याट्रिक गरे ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – राजेन्द्र तामाङले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक पद गरेको बताएका छन् । महिला साफ च्याम्पियनसिपको फाइनलमा बुधवार बंगालादेशसँग २-१ ले पराजित भएपछिको पोस्ट म्याच कन्फ्रेन्समा अब राष्ट्रिय महिला टोली नहेर्ने बताएका हुन्। ‘अब महिला राष्ट्रिय टोली हेर्दिन’, उनले भने ,’सायद अब क्लब हेर्छु होला ।’ तामाङको नेतृत्वमा महिला टोलीले गत […]
October 30, 2024
सुबास हुमागाईं, काठमाडौं साविक विजेता बंगलादेशले घरेलु टोली नेपाललाई हराउँदै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । दशरथ रंगशालामा बुधबार सम्पन्न फाइनलमा नेपाललाई २-१ ले हराउँदै बंगलादेशले उपाधि रक्षा गर्यो । बंगलादेशका लागि मोनिका चक्मा र ऋतु पोर्ना चक्माले १-१ गोल गरे । नेपालको लागि अमिशा कार्कीले बराबरी गोल फर्काएपनि नेपाल खेलमा […]
October 30, 2024
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीच जारी फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेका छैनन् । सुरुवाती १० मिनेटमा नै दुवै टोलीको प्रहार क्रसबारमा लागेको थियो । बंगलादेशकी गोलरक्षक रुपना चक्माले आज लगातार गल्ती गरिरहेकी छिन् । खेलको पहिलो […]