6 months ago
July 27, 2024
एजेन्सी – युवा ब्राजिलियन स्ट्राइकर एन्ड्रिक रियल म्याड्रिडको नयाँ खेलाडीका रूपमा सार्वजनिक भएका छन् ।
रियलले क्लबको स्टेडियम सान्टियागो बर्नाबेउमा एक समारोहका बीच उनलाई सार्वजनिक गरेको हो ।
१८ वर्षीय स्ट्राइकर एन्ड्रिक ब्राजिलियन क्लब पाल्मिरासबाट रियल पुगेका हुन् । सम्झौता भएको ५ सय ८४ दिन पछि उनले क्लबसँगको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
रियलले ७० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको युरोपेली संचार माध्यमहरुले सार्वजनिक गरेका थिए । उनलाई रियलले १६ वर्षका हुँदा क्लबमा ल्याउने सम्झौता गरेपनि फिफा नियमहरूले १८ वर्ष भन्दा कम उमेरका खेलाडीहरूलाई विदेश स्थानान्तरण गर्न रोक्ने हुँदा एन्ड्रिकले रियल जानको लागि आफ्नो १८औं जन्मदिनसम्म कुर्नुपरेको थियो ।
१८ महिनाअघि सम्झौता भएको बेला एन्ड्रिकले दुई महिना मात्र सिनियर फुटबल खेलिरहेका थिए । यद्दपी त्यसयता उनले दुई पटक ब्राजिलियन सिरी ए र पाल्मिरासका लागि ब्राजिलियन सुपर कप जितेका छन् ।
आफ्नो मातृभूमिमा खेल्दै छोटो अवधिमा एन्ड्रिकले पाल्मिरासका लागि सबै प्रतियोगिताहरूमा ८२ खेलहरूमा २१ गोल गरेका थिए ।
केवल १७ वर्षको उमेरमा उनले नोभेम्बरमा कोलम्बिया विरुद्ध ब्राजिल राष्ट्रिय टोलीको लागि डेब्यु गरेका थिए ।
यो सिजन रियलले यसअघि नै किलियन एम्बाप्पेलाई क्लबमा भित्र्याइसकेको छ ।
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]