default_image

1 month ago

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

689 views

0 Bookmark

सुशिल पन्त क्षेत्री,चितवन

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् ।

शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो ।

खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल गरे । जि ब्वाइजका निश्चल गुरुङले इन्ज्युरी समयमा गोल गरे ।

जितपछि सौराहाले समूह ए मा ५ खेलमा ८ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चौथो स्थानमा झरेको जि ब्वाइजको ४ खेलमा ६ अंक छ ।

सोही समूहको अर्को खेलमा पानसले नारायणी मोटर्स युनिक एफसीलाई २-० ले पराजित गर्यो। पानसको जितमा साहिल सुनारले ५२ औं तथा शिव गुरुङले ५६ औं मिनेटमा गोल गरे ।

जितपछि पानसले ४ खेलमा ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । युनिक भने ४ खेलमा ३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

आजको नतिजाले समूह ए रोमाञ्चक बनाएको छ । यो समूहमा हानामी भरतपुर फुटबल क्लब १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

लिगमा शनिबार पनि दुई खेल हुनेछन् । दिउँसो २:३० बजे नारायणी एफसी र एष्ट्रल युथ सोसाइटी तथा दोस्रो खेलमा दिउँसो ४:३० बजे हर्दी युवा समाज र यात्रा ग्रुपबीच हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.