default_image

3 months ago

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

4586 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।

अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई पेनाल्टीसहित ३ गोल गर्दा आर्मीका अनुभवी फरवार्ड भरत खवासले पनि पेनाल्टीसहित २ गोल गरे ।

खेलको सुरुवाती समयमा नै अन्जनको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो । आयुष घलानले बायाँ विंगबाट दिएको कटब्याकमा अन्जनले ६ यार्ड बक्स भित्रबाट गोल गरे । तर त्यसपछि आर्मीले लगातार दुई गोल फर्काउँदै खेलमा अग्रता लियो ।

भरतले पेनाल्टी क्षेत्रबाहिरबाट सिर्जना गरेको मुभलाई बक्सभित्र लगेर सुन्दर फिनिस गरेर खेल बराबरीमा ल्याए । त्यसको केहीबेरमा प्राप्त पेनाल्टीलाई भरतले गोलमा परिणत गरे । हाफको अन्त्यतिर अन्जनले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

दोस्रो हाफमा चर्च ब्वाइजका जाम्बियन मिडफिल्डर पिटर बान्डालाई पेनाल्टी क्षेत्र भित्र फल भएपछि प्राप्त पेनाल्टीमा अन्जनले ह्याट्रिक पूरा गरे । दुवै टोलीले आफ्नो बेन्चका खेलाडीलाई दोस्रो हाफमा अवसर दिएका थिए । यसअघि आर्मी र चर्च ब्वाइजबीच मंगलबार भएको खेल बराबरीमा सकिएको थियो ।

आर्मी अर्को साता सुरु हुने डुरान्ड कपका लागि आइतबार प्रस्थान गर्दैछ । आर्मीको समूहमा आइएसएल टोली हैदरावाद एफसी र एफसी गोवा तथा आइलिग टोली सिलोङ लाजोङ रहेको छ । चर्च ब्वाइजले भने साउन २९ मा भुटानको पारो एफसीको सामना गर्दैछ ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.