default_image

1 month ago

July 25, 2024

मछिन्द्र र चर्च ब्वाइज विजयी

726 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा मछिन्द्रले एफसी खुमलटार क्लबमाथि २-१ को जित दर्ता गरेको हो । कविर तामाङ र रोनिक राना मगरले मछिन्द्रका लागि गोल गरे । यस्तै खुमलटारका लागि पवन दर्लामीले गोल फर्काएका थिए ।

जित पछि मछिन्द्रको ४ खेलमा ८ अंक भएको छ भने पराजित खुमलटारको ३ अंक छ ।

यस्तै दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले त्रिभुवन आर्मी एफसी माथि २-० को जित निकालेको हो । चर्च ब्वाइजका लागि दावा छिरिङ लामा र शिशिर यस्मालीले समान १ गोल गरे ।

चर्च ब्वाइजको ४ खेलमा ७ अंक भएको छ भने आर्मीको समान ४ खेलमा मात्र १ अंक छ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.