default_image

1 month ago

July 25, 2024

एएफसी प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने

622 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिनाको अन्त्यमा खेल्ने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने भएको छ ।

नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्य्च बल उपलब्ध गराउने भएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि २०२४ सम्म एएफसीका प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्ने सहकार्य रहेको छ । तर उक्त सहकार्य मुख्य प्रतियोगितामा मात्र लागु हुँदै आएको छ ।

कामारु ट्रेडिङले प्लेअफ चरण भएपनि चर्च ब्वाइजको प्रशिक्षणमा सहयोग पुग्ने हेतुले आवश्यक बल उपलब्ध गराएको हो । एएफसी च्यालेन्ज लिगको प्लेअफ साउन २९ गते दशरथ रंगशालामा हुँदैछ । नेपालको प्रतिनिधित्व गरेको चर्च ब्वाइजले भुटानको पारो फुटबल क्लबसँग छनोट खेल खेल्नेछ । खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ ।

चर्च ब्वाइजले एक साताअघि देखि खेलका लागि तयारी सुरु गरिसकेको छ । अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा लिग सिजनमा टोलीमा रहेका अन्जन विष्ट र एरिक विष्टले सम्झौता नविकरण गरेका छन् ।

गोलकिपर दीप कार्की,डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलान पनि चर्च ब्वाइजमा आबद्ध भएका छन् । यसबाहेक क्लबले राष्ट्रिय टोलीका डिफेन्डर सौभाग्य राई, छिरिङ्ग लामा तथा थ्री स्टारबाट डिफेन्डर योगेश गुरुङसँगै मिडफिल्डर रोहन कार्कीलाई पनि अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजले डिफेन्डर ओमोलाजा करीम र मिडफिल्डर पिटर बान्डासँगै केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारी गरिरहेको बताइएको छ । बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणमा चर्च ब्वाइजले लिग जितेको थियो ।

पारो विरुद्ध प्लेअफ खेल जितेमा चर्च ब्वाइज एएफसी च्यालेन्ज लिगको समूह चरण पुग्नेछ । प्ले अफ जित्ने टोलीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.