default_image

1 month ago

July 25, 2024

करिब दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिना पराजित

11215 views

0 Bookmark

एजेन्सी – गोल गरेको करिब २ घण्टापछि गोल रद्द भएपछि पेरिस ओलम्पिकमा पुरुष फुटबलको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना मोरोक्कोसँग २-१ ले पराजित भएको हो ।

सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा र ४९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई खेलमा २ गोलको अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जिउकियानो सिमिओनेले अर्जेन्टिनाका लागि एक गोल फर्काए ।

त्यसपछि खेलमा १५ मिनेटको इन्ज्युरी समय थपिएको थियो । खेलमा धेरै पटक रोकिएका कारण खेलमा १५ मिनेट इन्ज्युरी समय थपिएको थियो । अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले इन्ज्युरी समयको १५औं मिनेटमा गोल गर्दै खेल २-२ को खेल बराबरी गरे ।

अर्जेन्टिनाको त्यो गोल विरोधमा मोरक्कोका समर्थक मैदान प्रवेश गर्नुका साथै र स्ट्यान्डबाट विभिन्न वस्तुहरुले अर्जेन्टिनी खेलाडीमाथि आक्रमण गर्न थाले । त्यसपछि खेलाडी मैदान बाहिर गएपछि खेल रोकिएको थियो ।

खेलमा अवरोध भएपछि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको समीक्षा गर्ने मौका पाएका थिएनन् । करिब दुई घण्टापछि अन्तिम ३ मिनेटमा लागि खेल पुनः हुने भनेपछि गोलको जाँच भयो । गोल भएको करिब २ घण्टापछि अफसाइडका कारण गोल रद्द गरियो । त्यसपछि खेलाईएको अन्तिम ३ मिनेटमा अर्जेन्टिनाले गोल गर्न नसकेपछि खेल मोरक्कोले जितेको थियो ।

अर्जेन्टिनाको फुटबल फेडरेसनले विश्व फुटबलको प्रशासकीय निकाय फिफालाई ‘यस्तो गम्भीर घटनाका लागि आवश्यक नियामक उपायहरू लिन’ पत्राचार गरेको जनाएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तान लियोनेल मेस्सीले समेत सामाजिक सञ्जालमा सो खेलको घटनाक्रम “अविश्वसनिय” भएको बताएका थिए ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.