default_image

2 months ago

July 24, 2024

बंगलादेशले भुटानलाई हरायो

2991 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशको महिला राष्ट्रिय फुटबल टोलीले भुटानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

भुटानमा भएको खेलमा घरेलु टोलीले पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा ५-१ को हार बेहोर्नु पर्यो । १३ औं मिनेटमा पेमा छोडेनले भुटानलाई अग्रता दिलाएकी थिइन् । तर दोस्रो हाफमा बंगलादेशले ५ गोल फर्काउँदै खेल जित्यो ।

अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारी गर्न दुई टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपालले पनि लेबनानमा मैत्रीपूर्ण सिरिज खेल्ने भनेकोमा सुरक्षाको कारण देखाउँदै खेल रद्द भएको थियो ।

नेपालमै हुने भनिएको साफ च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म चल्नेछ । नेपाल रहेको समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटान छन् । समूह ए मा साविक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.