default_image

2 months ago

July 24, 2024

सेल्टिकले म्यानचेस्टर सिटीलाई हरायो

1696 views

0 Bookmark

एजेन्सी – प्रि-सिजन खेलहरुका लागि अमेरिका पुगेको इंग्लिश क्लब म्यानचेस्टर सिटी स्कटिस क्लब सेल्टिकसँग पराजित भएको छ । च्यपेल हिल शहरमा भएको खेलमा म्यानचेस्टर सिटी ४-३ ले पराजित भएको हो ।

सेल्टिकले पहिलो हाफमा नै ३-१ को अग्रता लिएको थियो । निकोलस-गेरिट कुह्नले १३औं मिनेटमा सेल्टिकलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सिटीका ओस्कार बबले गोल गर्दै खेल बराबरी गरे ।

तर क्रमशः ३६औं र ४४औं मिनेटमा पुनः कुह्न र क्योहो फुराहाशीले गोल गर्दै सेल्टिकको अग्रता ३-१ को बनाए । दुई गोलले पछि परेको अवस्थामा सिटीले दोस्रो हाफमा बराबरी भने गर्न सफल रह्यो । ४६औं मिनेटमा म्याक्सिम पेरोन र ५७औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै खेल ३-३ को स्थितिमा पुर्याए ।

तर ६८औं मिनेटमा लुइस पाल्माले गोल गर्दै सेल्टिकको जित सुनिश्चित गरे । त्यसपछि भने सिटीले खेलमा कुनै गोल गर्न सकेन ।

सिटीले अब अमेरिकाकै एसी मिलान, बार्सिलोना र चेल्सी विरुद्ध खेल्नेछ । त्यसपछि अगस्ट १० मा कम्युनिटी शिल्डमा म्यानचेस्टर युनाइटेड विरुद्ध खेल्दै सिटीले २०२४-२५ सिजनको औपचारिक सुरुवात गर्नेछ ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.