7 months ago
July 21, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार नारायणी फुटबल क्लब ( एनएफसी) र एभरेष्ट क्लब चितवन विजयी भएका छन्।
शारदा नगरको मैदानमा भएको पहिलो खेलमा नारायणीले हर्दी युवा समाजलाई २-१ ले हरायो । नारायणीका सुगम तामाङ र सुरज गुरुङले गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे ।
खेलमा अग्रता भने हर्दीले लिएको थियो । दोस्रो मिनेटमा सन्तोषले गोल गर्दै हर्दीलाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै समय टिकेन । एनएफसीका सुगमले खेलको ११ औं मिनेटमा बराबरी गोल गरे । सुरजले ४५ औं मिनेटमा गोल गरेपछि एनएफसीले २ विजयी भयो ।
आजै भएको दोस्रो खेलमा एभरेष्टले यात्रा ग्रुप भरतपुरलाई २-१ ले हरायो । एभरेष्टका किरण घले र सुजल गुरुङले गोल गरे । यात्राका सुनिल पुलामीले एक गोल फर्काए ।
एभरेष्टका किरणले २५ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा सुजलले गोल गर्दै अग्रता दोब्बर बनाए । यात्राका सुनिलले इन्ज्युरी समयमा गोल गरे पनि हार टार्न सकेनन् ।
लगातारका वर्षाका कारण लिग केही दिन स्थगित गरिएको थियो। लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् । खेल दिउँसो २:३० बजे सुरु हुनेछ । दिउँसो ४:३० बजे रामपुर एफसी र माडी ११ बीच प्रतिस्पर्धा सुरु हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिगलाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ ।
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]