8 months ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग २०८१ अन्तर्गत शुक्रवार भएका खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी हुँदा मछिन्द्र एफसी र जावलाखेलले बराबरी खेलेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
मछिन्द्रका लागि अनिश थिङ र कबीर तामाङले १-१ गोल गरे । दुई गोलले पछि परेको अवस्थामा विवश दर्लामी र अनिश चौधरीले गोल गर्दै जावलाखेलका लागि १ अंक बटुले ।
बराबरी पछि मछिन्द्रको २ खेलमा ४ अंक भएको छ । जावलाखेलको भने २ खेलमा २ बराबरी सँगै २ अंक नै रहेको छ ।
यस्तै दिनको दोस्रो खेलमा समण हतुवालको गोलको मद्दतमा मनाङले त्रिभुवन आर्मी एफसीलाई १-० ले हराएको हो । गोल खेलको अन्तिम समयमा आएको थियो ।
लिगमा मछिन्द्रको २ खेलमा २ जित भएको छ । आर्मीले भने दुवै खेलमा कुनै अंक जोड्न सकेको छैन ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]