default_image

2 months ago

July 17, 2024

एन्फा महिला लिग : छनोट नै नखेलेका ४ टोली सिधै अन्तिम चरणमा

1434 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२४ एन्फा महिला लिगका लागि छनोट नखेलेका ४ टोलीलाई सिधै अन्तिम चरणमा खेल्न दिने निर्णय गरेको छ ।

तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफलाई एन्फाले सिधै महिला लिगको लागि छनोट गरेको थियो । त्यस्तै दुई महिनाअघि कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न छनोट खेलेर उत्कृष्ट भएका कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाहेक अन्य ४ टोलीलाई पनि महिला लिग खेल्न दिने निर्णय एन्फाले गरेको छ । मंगलबार भर्चुअल बैठक बसेर एन्फाले यो निर्णय गरेको हो ।

एन्फाले ए, बी र सी डिभिजनको प्रतिनिधित्व भन्दै संकटा क्लब र बागमती युथ क्लबलाई महिला लिग खेल्न दिने निर्णय गरेको छ । विद्रोही प्यानल छोडेर सीइओ नियुक्त भएका इन्द्रमान तुलाधर संकटा क्लबका अध्यक्ष हुन् । एन्फाले एएफसी क्लब लाइसेन्स प्राप्त क्लबहरु हुँदाहुँदै तल्लो श्रेणीको क्लबलाई छनोट गर्नुले अर्को प्रश्न उब्जाएको छ ।

त्यस्तै एन्फाले चन्द्रपुर नगरपालिका र वालिङ नगरपालिकालाई पनि सिधै लिग खेल्न दिने निर्णय गरेको छ । यसमा पनि एन्फाले विना कुनै आधार आफूखुसी छनोट गरेको छ । नेपालमा पछिल्लो समय तुलनात्मक रुपमा पूर्व क्षेत्रमा महिला फुटबलका प्रतियोगिता हुँदै आएका छन् । त्यसै आधारमा कोशी प्रदेशले छनोटमा राम्रो प्रदर्शन पनि गर्यो । तर एन्फा नेतृत्वले त्यसलाई नजरअन्दाज गर्दै विना कुनै आधार मध्य र पश्चिम क्षेत्रका ४ टोलीलाई लिगमा सिधै खेलाउने निर्णय लिएको हो ।

त्यसो त एन्फाले अकस्मात महिला लिगलाई मात्र कारण देखाउँदै भर्चुअल बैठक बोलाउनुले पनि सामाजिक संजालमा व्यापक आलोचना भएको छ । कार्यसमिति सदस्यले नै एन्फा नेतृत्वको यस कदमको सामाजिक संजालमा खुलेर विरोध गरेका छन् ।

एन्फाले महिला लिगको आगामी ३ संस्करणको छनोट र प्रतियोगिताका लागि बजेट समेत घोषणा गरेको छ । यसपटक महिला लिगको बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ छ । एन्फाको यसै नेतृत्वले पछिल्लो पटक लिगको पहिलो चरण समाप्त भएपछि दोस्रो चरण गर्न नसक्दा बीचमै लिग रोकेर आधा लिगको अग्रस्थानमा रहेको एपिएफलाई उपाधि दिएको थियो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.