default_image

3 months ago

July 17, 2024

रियलले भित्र्याउन खोजेको योरो युनाइटेड जाने

2177 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले भित्र्याउन खोजेको फ्रेन्च डिफेन्डर लेनी याेरो म्यानचेस्टर युनाइटेड जाने लगभग पक्का भएको छ ।

विभिन्न युरोपेली सञ्चार माध्यमका अनुसार १८ वर्षीय योरो युनाइटेड जाने भएका हुन् । रियलले योरोका लागि करिब २० मिलियन युरोको प्रस्ताव गरेको थियो । अर्कोतर्फ युनाइटेडले ५० मिलियन युरो भन्दा बढीको प्रस्ताव गर्यो जुन रियलको भन्दा निकै बढी हो ।

योराे आफू रियल जाने आकांक्षा गरेतापनि अन्ततः लिलले युनाइटेडका प्रस्ताव स्वीकार गरेको हो । उनी सम्झौतामा हस्ताक्षर गर्न र मेडिकल चेकअप गर्न म्यानचेस्टर जाने तयारीमा छन् ।

योरो बाहेक युनाइटेडले डच डिफेन्डर म्याथिजस डे लिग्ट समेत भित्र्याउने आकांक्षा राखेको छ ।

युनाइटेडले गत हप्ता अर्का डच खेलाडी फरवार्ड जोसुवा जर्कजी अनुबन्ध गरिसकेको छ । उनी इटालियन क्लब बोलोग्नाबाट युनाइटेड पुगेका हुन् ।

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

October 17, 2024

पहिलो हाफमै भारतको ४ गोल!

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलको पहिलो हाफमा भारतले पाकिस्तानविरुद्ध ४ गोल गरेको छ । दशरथ रंगशालामा जारी खेलमा भारतले पहिलो हाफमा ४-१ को अग्रता लिएको छ । खेलको सुरुवातदेखि आक्रमण बुनेको भारतले १७ मिनेटमै २ गोल गरेको थियो । गोलरक्षक निशा अशरफले गल्ती गर्दा भारतले सहजै अग्रता बढाएको थियो […]

October 17, 2024

एन्फा महासचिवको तलब १० हजार डलर हुनुपर्छ!

सन्जोग चाम्लिङ राई प्राकृतिक विपत्तिले धेरै जनधनको क्षति भएको सबैलाई विदितै छ । दुर्भाग्य हो, ६ जना बाल फुटबल खेलाडीहरुलाई पनि यसपालीको विपत्तिले छोडेन । उनीहरुको सपनाको पनि मृत्यु भयो । नेपाली फुटबलले सम्भावित राष्ट्रिय टिमको खेलाडीहरु गुमायो । उनीहरुप्रति श्रद्धासुमन । पंक्तिकारमा संशय छैन, एन्फा महासचिवको तलब १० हजार डलर हुनु पर्छ । त्यसैगरी […]

Success

Thank you for your time.