7 months ago
July 16, 2024
एजेन्सी – इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट जिम्मेवारीबाट अलग भएका छन् ।
साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इङ्ल्यान्ड फुटबल एसोसिएसनले जनाएको हो ।
जर्मनीमा आइतबार भएको फाइनलमा इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो । यसअघि इङ्ल्यान्ड सन् २०२१ मा भएको फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो ।
२०१६ को युरोपछि टोलीमा आएका साउथगेटले ८ वर्ष टोलीको प्रशिक्षण सम्हाले । साउथगेटले इंग्ल्याण्डको तेस्रो सबैभन्दा लामो समय सेवा गर्ने प्रशिक्षकका रूपमा आफ्नो पद छाडेका छन् ।
उनको नेतृत्वमा इङ्ल्यान्डले १ सय २ खेल खेलेको थियो। जसमध्ये टोलीले ६१ खेलमा जित हासिल गरेको थियो । उनी देशको सबैभन्दा सफल प्रशिक्षक मध्ये एकको रूपमा चिनिनेछन् ।
साउथगेटको सम्झौता यस वर्षको डिसेम्बरमा समाप्त हुने थियो । उनले जुनमा यस वर्षको युरो कप सम्भवतः राष्ट्रिय टोलीको नेतृत्वमा उपाधि जित्ने आफ्नो लागि अन्तिम मौका रहेको स्वीकारेका थिए ।
साउथगेटले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै खेलाडी, कर्मचारी र समर्थकलाई धन्यवाद दिए ।
‘एक गौरवशाली देशवासीको रूपमा, इङ्ल्यान्डका लागि खेल्नु र इङ्ल्यान्डलाई प्रशिक्षण गर्न पाउनु मेरो जीवनको सम्मान हो । यसले मेरो ठूलो अर्थ राखेको छ, र मैले आफ्नो सबै कुरा दिएँ’, ५३ वर्षीय साउथगेटले भने ।
उनले अगाडि भनेका छन्, ‘तर यो परिवर्तनको र नयाँ अध्यायको समय हो । आतबारको बर्लिनमा स्पेन विरुद्धको फाइनल इंग्ल्याण्डको प्रशिक्षक रूपमा मेरो अन्तिम खेल थियो । म २०११ मा इंग्लिस फुटबल सुधारका निम्ति एफएमा आबद्ध भएँ । इङ्ल्यान्डको पुरुष टोलीको प्रशिक्षकका रूपमा ८ वर्षसम्म मलाई समर्थन गर्ने सबैमा मेरो हृदयदेखि धन्यवाद छ ।’
युरो २०१६ मा आइसल्याण्डसँगको लज्जास्पद हारपछि साउथगेटलाई नियुक्त गरिएको थियो । यो ८ वर्षमा इङ्ल्यान्डले उनको प्रशिक्षणमा २ विश्वकप र २ युरो कप खेल्यो ।
सबै ४ प्रतियोगितामा इङ्ल्यान्ड प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल त रह्यो तर उपाधि भने जित्न सकेन । उनको रक्षात्मक फुटबल रणनीतिले इंग्लिस समर्थकबीच नै विभाजित प्रतिक्रिया आउने गरेको थियो । उत्कृष्ट खेलाडीको समिश्रणका बाबजुद टोलीले सकारात्मक फुटबल खेल्न नसक्दा उनी लगातार दबाबमा थिए ।
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]