7 months ago
July 16, 2024
एजेन्सी – फुटबल सिजन अघि प्रि-सिजनको पहिलो खेलमा इंग्लिस टोली म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
नर्वेमा सोमबार भएको खेलमा युनाइटेड घरेलु टोली रोसेनबोर्गसँग १-० ले पराजित भएको हो । खेलको अन्तिम समयतिर गोल भएको थियो । नोआह होल्मले इन्ज्युरी समयको तेस्रो मिनेटमा गोल गर्दै रोसेनबोर्गलाई जित दिलाए ।
युनाइटेडका लागि मार्कस र्यासफोर्ड, क्यासेमिरो, मेसन माउन्ट, एरन वान बिसाका लगायत मुख्य खेलाडी मैदानमा उत्रिएका थिए । युरो कप र कोपा अमेरिकाका लागि गएका खेलाडी भने पछि प्रिसिजनमा सामेल हुने बताइएको छ।
युनाइटेडले सिजन सुरु हुने अघि थप चार मैत्रीपूर्ण खेल खेल्दैछ । शनिबार स्कटिस टोली रेन्जर्ससँग खेल्नेछ । त्यसपछि युनाइटेडले आर्सनल, रियल बेटिस र लिभरपुलसँग खेल्ने तालिका छ ।
युनाइटेडको सिजनको औपचारिक सुरुवात अगस्ट १० मा म्यानचेस्टर सिटी विरुद्ध कम्युनिटी शिल्डका लागि खेल्दै हुनेछ । २७ अगस्ट मा फूलहम विरुद्ध खेल्दै युनाइटेडले प्रिमियर लिग सिजनको सुरुवात गर्नेछ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]