default_image

2 months ago

July 15, 2024

कोपा अमेरिका फाइनल – निर्धारित समयमा बराबरी

1122 views

0 Bookmark

एजेन्सी – साविक विजेता अर्जेन्टिना र कोलम्बियाबीच कोपा अमेरिकाको फाइनल थप समयमा गएको छ। निर्धारित ९० मिनेट गोलरहित बराबरीमा‌ टुंगिएपछि खेल थप समयमा गएको हो ।

फाइनल अघिका खेलमा भने ९० मिनेटको खेलमा बराबरी भए सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो।

फाइनल खेल्ने क्रममा अर्जेन्टिना फुटबल टोलीका कप्तान लियोनल मेस्सी घाइते भएका छन्।

दायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेपछि उनले ६६ औं मिनेटमा मैदान छाडेका हुन् । खेल गुमाएपछि मेस्सी निक्कै बेर रोएका थिए।

अर्जेन्टिना उपाधि रक्षा र कोलम्बिया दोस्रो पटक उपाधि जित्न प्रयासरत छन्। निर्धारित समयको खेलको ८० औं मिनेटसम्म गोलरहित बराबरी छ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.