default_image

2 months ago

July 14, 2024

कोपा अमेरिका – उपाधि रक्षाका लागि अर्जेन्टिना कोलम्बियाको सामना गर्दै

1290 views

0 Bookmark

एजेन्सी – साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को उपाधि रक्षा गर्नका निम्ति फाइनलमा कोलम्बिया विरुद्ध भिड्दै छ ।

खेल नेपाली समय अनुसार सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । खेल फ्लोरिडा स्थित हार्ड रक स्टेडियममा सुरु हुनेछ ।

अर्जेन्टिना ३ वर्षमा तेस्रो पटक फाइनल खेल्दैछ । २०२१ मा ब्राजिलमा कोपा अमेरिका उपाधि जितेको अर्जेन्टिनाले २०२२ को विश्वकप समेत जितेको थियो । त्यस बीचमा युरोपेली च्याम्पियन इटाली विरुद्ध खेल्दै अर्जेन्टिनाले फिनालिसिमा ट्रफी समेत जितेको थियो ।

यस प्रतियोगितामा समूह चरणको सबै खेल जिएको अर्जेन्टिना क्वाटरफाइनलमा भने इक्यूएडोर विरुद्ध टाईब्रेकरमा विजयी भएको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले हराएको थियो ।

उता अर्जेन्टिनाको प्रतिद्वन्दी कोलम्बिया २७ खेलमा अपराजित रहेको छ । समूह चरणमा पहिलो दुई खेल जितेको कोलम्बियाले अन्तिम खेलमा भने ब्राजिल विरुद्ध बराबरी खेलेको थियो ।

क्वाटरफाइनलमा भने कोलम्बियाले पानामा माथि ५-० को फराकिलो जित हात पारेको थियो । सेमिफाइनल भने कोलम्बियाका लागि केही असहज रह्यो । पहिलो हाफमा गोल गरेपछि बलियो टोली उरुग्वे विरुद्ध १० जनामा सिमित भएको कोलम्बियाले दोस्रो हाफमा उरुग्वेका थुप्रै मौकाहरु बचाउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

कोलम्बियामा जेम्स रोड्रिगेज उच्च लयमा रहेका छन् । उनले यस प्रतियोगितामा १ गोल सहित ६ असिस्ट गरेका छन् । यस्तै अर्जेन्टिनामा लौतारो मार्टिनेज ४ गोल सहित उच्च गोलकर्ताको शीर्ष स्थानमा छन् ।

यो फाइनल खेल अर्जेन्टिनाका फरवार्ड एन्जल डी मारियाका लागि अन्तिम खेल हुनेछ । यस खेलपछि उनले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै छन् । यस्तै लियोनेल मेस्सीको लागि पनि यो अन्तिम फाइनल खेल हुने सम्भावना छ ।

मेस्सीले २०२६ को अर्को विश्वकप खेल्ने आँकलन गरिएको छ । तर सो प्रतियोगितामा उनी ३९ वर्षमा हुनेछन् । त्यसैले यो फाइनल खेल जित्दै उनले अर्जेन्टिनाका लागि संभवतः अन्तिम उपाधि जित्ने लक्ष्य राख्नेछन् । उनको यो अर्जेन्टिनाका लागि सातौं फाइनल हो ।

September 7, 2024

जरा विनाको वृक्ष नहोस् नेपाली फुटसल

सन्जोग चाम्लिङ राई काठमाडौं उपत्यका वा देशको शहरहरुमा हिँडिरहँदा कहीँकतै निलो रंगको जस्ता पाताको छाना मात्र देख्नु भयो भने यो फुटसल मैदान पो हो कि भनेर सबैभन्दा पहिले सोचिन्छ । छोटो समयमा व्यापारको लागि नै सही, यसको फैलावट र लोकप्रियता लोभलाग्दो देखिन्छ । चर्चित धावक हरी रोकायाको गृह जिल्ला जुम्लामा सम्म पनि फुटसलले पाईला टेकिसकेको […]

September 7, 2024

एपिएफको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता एपिएफले एन्फा महिला लिग २०२४ मा पहिलो जित दर्ता गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिवार भएको खेलमा एपिएफले आर्मीलाई २-१ को गोल अन्तरले पराजित गर्यो । एपिएफको जितमा सविता राना मगर र गीता रानाले गोल गरिन् । आर्मीका लागि विमला चौधरीको गोल सान्त्वना बन्यो । खेलको सुरुवातमा आर्मीले खेलमा‌ […]

September 7, 2024

लिगमा आर्मी र एपिएफ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद)- एन्फा महिला लिगमा आज एक खेल हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । एपिएफ पहिलो जितको खोजीमा रहँदा आर्मी भने लगातार दोस्रो जितको लक्ष्यका उत्रनेछ। पहिलो खेलमा संकटा क्लबलाई त्रिभुवन आर्मीले पराजित […]

Success

Thank you for your time.