default_image

7 months ago

July 14, 2024

क्यानडालाई हराउँदै उरुग्वे तेस्रो

2681 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत क्यानडालाई टाइब्रेकरमा हराउँदै उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ ।

निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा टुंगिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । उरुग्वेले ४-३ को जित दर्ता गर्दै तेस्रो स्थान पक्का गरेको हो । उरुग्वे सेमिफाइनलमा कोलोम्बियासँग रोकिँदा क्यानडा भने अर्जेन्टिनासँग पराजित भएको थियो ।

उरुग्वेका लागि शनिबारको खेलमा रोड्रीगो बेन्टान्कुरले अग्रता दिलाएका थिए । उनले आठौं मिनेटमा गोल गरे । २२ औं मिनेटमा क्यानडाका इस्माएल कोनेले गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोस्रो हाफको ८० औं मिनेटमा क्यानडाले अग्रता लियो । जोनाथन डेविडले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै अप्रत्याशित जिततर्फ अग्रसर गराएका थिए । तर इन्ज्युरी समयमा लुइस सुआरेजले गोल गर्दै क्यानडालाई निराश पारे ।

त्यसपछि टाइब्रेकरमा क्यानडाको तेस्रो प्रहारमा कोने चुके । उनको प्रहर सर्जियो रोसेले बचाए । उरुग्वेका लागि फेडे भाल भर्डे, रोड्रीगो बेन्टान्कुर, जर्जियन डे आरासेटा र लुइस सुआरेजले गोल गरे । क्यानडाका जोनाथन डेविड, मोइस बम्बिटोले गोल गर्दा कोने चुकेका थिए । चौथो प्रहरमा म्याथ्यु चोइनेरले गोल गरेपनि पाँचौ प्रहारमा अल्फोन्सो डेभिस चुक्दा टोली हार बेहोर्न पुग्यो ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.