8 months ago
July 14, 2024
विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनलले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ ।
युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित हुँदा इंग्ल्यान्ड उपाधि जित्नबाट चुकेको थियो । त्यसो त केनसँगै इंग्ल्यान्ड पनि १९६६ यता चलेको उपाधिको खडेरी तोड्न चाहन्छ । प्रशिक्षक ग्यारेथ साउथगेट नियुक्त भएयता विश्वकप र युरोमा राम्रो प्रदर्शन गरेको इंग्ल्यान्ड पुन: एकपटक उपाधि नजिक पुगेको छ ।
केनका लागि व्यक्तिगत रुपमा यो पहिलो उपाधि हुने हुँदा विशेष रहनेछ । जारी प्रतियोगितामा ३ गोलसहित सर्वाधिक गोलकर्ताको होडमा समेत रहेका उनी टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् । उपाधि जित्नकै लागि उनले गत सिजन आफ्नो बाल्यकालदेखिको क्लब टोटेनहम हट्सपर छोडेर बायर्न म्युनिख गएका थिए । तर दुर्भाग्य त्यो प्रयासले पनि राम्रो नतिजा दिन सकेन ।
व्यक्तिगत रुपमा केनका लागि सिजन फलदायी रहेपनि उनले क्लबबाट उपाधि जित्न भने सकेनन् । सिजनको पहिलो खेलमा बायर्न जर्मन सुपर कपमा लाइप्जिगसँग ३-० ले पराजित भयो । बायर्नले जर्मन लिग उपाधि जित्न नसकेपनि केन ३६ गोलसहित गोल्डेन बुट जित्न सफल रहे । च्याम्पियन्स लिगमा पनि टोलीले सफलता हात पार्न सकेन । तर केनले ८ गोलसहित किलीयन एम्बापपेसँग गोल्डेन बुट बाँडे ।
केनका लागि व्यक्तिगत रुपमा भने सिजन राम्रो रहेको छ । उनी जर्मन लिग र च्याम्पियन्स लिग दुवैको टिम अफ द सिजनमा पनि परे । युरोमा पनि उनले इंग्ल्यान्डका लागि ३ गोल गर्दै कप्तानी भूमिका निर्वाह गरेका छन् । तर अब खोज छ त मात्र उपाधिको ।
सन् २०१४-१५ र २०२०-२१ मा टोटेनहम लिग कपको फाइनलमा पराजित हुन पुगेको थियो । त्यस्तै सन् २०१८-१९ सिजनको च्याम्पियन्स लिग फाइनलमा लिभरपुलसँग पराजित हुँदा केन र टोटेनहम उपाधिबाट बन्चित भए । यसपटक युरोपेली च्याम्पियनसिप उपाधि जितेर केनसमक्ष त्यो खडेरी तोड्ने अवसर छ ।
केन आफैं पनि युरो जित्ने विश्वास राख्छन् । फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा उनले टोली तयार रहेको अभिव्यक्ति दिए ।
‘एकदम उत्साहित छौं । हामीले आफ्नो तर्फबाट सबै तयारी गरेका छौं । जब हामी फाइनल खेल्न उत्रन्छौं, आफ्नो देशको लागि सकेसम्म राम्रो गर्नेछौं ।’
विपक्षी टोलीको कुन खेलाडी खतरा बन्न सक्छ भन्ने प्रश्नमा केनले पूरा टोली नै राम्रो रहेको बताए । ‘कुनै व्यक्ति भन्दापनि स्पेन आफैंमा राम्रो टोली छ । हो दुवै विंगर, मोराटा र ओल्मोले राम्रो खेलेका छन् तर उनीहरुको डिफेन्स पनि राम्रो छ । उनीहरु राम्रो टोली भएकै कारण फाइनलमा छन् ।’
उपाधि जित्ने सपना पूरा गर्न आफू तत्पर रहेको उनले बताए । ‘मेरो लागि उपाधि जित्नु सबथोक हुनेछ । व्यक्तिगत मात्र नभएर टोलीको लागि नै । देशको लागि ऊपधि जित्नुभन्दा सायदै ठूलो केहि होला र त्यो अवसर हामीले भोली पाउँदैछौं ।’
युरोपेली च्याम्पियनसिपको फाइनल नेपाली समयअनुसार आइतबार मध्यरात १२:४५ बजे (सोमबार विहान) सुरु हुनेछ । खेल बर्लिनस्थित ओलम्पिक रंगशालामा हुनेछ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]