default_image

7 months ago

July 12, 2024

वर्षाका कारण चितवन जिल्ला लिग स्थगित

296 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन

सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग तत्कालका लागि स्थगित भएको छ । चितवन जिल्ला फुटबल संघले आज एक सुचना जारी गर्दै लिगका खेलहरु तत्कालका लागि स्थगित भएको जानकारी दिएको हो ।

अविरल वर्षाका कारण लिगका खेल सञ्चालित भरतपुर ७ कृष्णपुरको मैदान हिलाम्य भएकोले अर्को सूचना जारी नभएकोसम्मका लागि स्थगित गरिएको संघले जनाएको छ । संघले छिट्टै यस बारे थप निर्णय गर्ने सूचनामा उल्लेख छ ।

संघका महासचिव रामहरि ढकालले मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन वर्षा हुने भएको लिगका खेलहरु स्थगित गरिएको बताए ।

शनिबारसम्म मौसमको अवस्था हेरेर यस बारे थप निर्णय गरिने उनले जानकारी दिए । संघका अध्यक्ष श्रीकृष्ण कार्कीले वर्षा नरोकिए मैदानको अन्य विकल्प बारे पनि सोच्न सकिने बताए ।

जारी लिगका खेलहरु बिहीबारबाट नै रोकिएका थिए। लिगमा हाल तेस्रो चरणका खेलहरु जारी छन् । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.