7 months ago
July 11, 2024
एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका उपाधि रक्षा गर्नका लागि फाइनलमा कोलम्बिया विरुद्ध खेल्ने भएको छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियाले उरुग्वे माथि १-० को जित निकालेसँगै अर्जेन्टिनाको फाइनल प्रतिद्वन्दी टुंगो लागेको हो ।
कोलम्बियाका लागि ३९औं मिनेटमा जेफर्सन लर्माले प्रहार गरेको हेडर नै पर्याप्त बन्यो ।
पहिलो हाफको अन्त्यमा डेनियल मुनोजले रातो कार्ड पाएपछि दोस्रो हाफ १० जनाले खेलेको कोलम्बियाले गोल भने खाएन ।
उता उरुग्वेले भने धेरै मौकाहरु सदुपयोग गर्न सकेन । बराबरी गोलको नजिक धेरै पटक पुगेपनि उरुग्वे फाइनल खेल्नबाट वञ्चित भएको छ ।
फाइनल खेल अब सोमबार बिहान ५:४५ बजे सुरु हुनेछ । अर्जेन्टिनाले क्यानडालाई २-० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]