7 months ago
July 11, 2024
एजेन्सी – अन्तिम समयमा गोल गरेर नेदरल्याण्ड्सलाई हराउँदै इङ्ल्यान्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । डर्टमुण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो ।
जाभी सिमोन्सले सातौं मिनेटमा नै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रता दिलाएका थिए ।
इङ्ल्यान्डले १८औं मिनेटमा पेनाल्टी मार्फत खेलमा बराबरी गर्यो । डेन्जेल डम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।
तर खेलको अन्तिम समयमा गोल गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान पक्का गर्यो । ८१औं मिनेटमा मैदान प्रवेश गरेका दुई खेलाडीले गोलमा महत्वपूर्ण भूमिका खेले । कोल पालमरको पासमा ओली वाटकिन्सले उत्कृष्ट फिनिश गर्दै इङ्ल्यान्डलाई जित दिलाए ।
इङ्ल्यान्डले अब उपाधिका लागि स्पेन विरुद्ध खेल्नेछ । स्पेनले गएराती सम्पन्न पहिलो सेमीफाइनलमा फ्रान्स विरुद्ध २-१ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरिसकेको छ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]
February 3, 2025
हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]