default_image

7 months ago

July 10, 2024

मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो

5157 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । क्यानडा विरुद्ध बुधवार बिहान भएको कोपा अमेरिकाको सेमिफाइनलमा गोल गर्दै उनी सो तालिकाको दोस्रो स्थानमा उक्लिएका हुन् ।

सो गोल मेस्सीको १०९औं अन्तराष्ट्रिय गोल रहेको थियो । सो गोल गर्दै मेस्सीले इरानका अली डेईले राखेको १०८ गोलको कीर्तिमान भन्दा एक गोल अघि सरेका छन् ।

मेस्सी सो खेल अघि सक्रिय खेलाडीहरु मध्य दोस्रो स्थानमा रहेका थिए । अब मेस्सी भन्दा अघि १३० गोल सहित क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा रहेका छन् ।

मेस्सीको क्यानडा विरुद्धको गोल उनको कोपा अमेरिकामा १४औं गोल समेत रहेको थियो ।

अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने शीर्ष १०:

१. क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : १३०
२. लियोनेल मेस्सी (अर्जेन्टिना) : १०९
३. अली डेई (ईरान) : १०८
४. सुनिल क्षेत्री (भारत) : ९४
५. मोख्तर दाहारी (मलेसिया) : ८९
६. अली माखबुट (युएई) : ८५
६. रोमलु लुकाकु (बेल्जियम) : ८५
७. फेरेंक पुस्कास (हंगेरी) : ८४
८. रोबर्ट लेवान्डोस्की (पोल्याण्ड) : ८३
९. गोडफ्रे चितालु (जाम्बिया) : ७९
९. नेयमार (ब्राजिल) : ७९
१०. हुसेन साइद (ईराक) : ७८

February 4, 2025

आहा! रारा पोखरा गोल्डकप – पुलिस र आयोजक खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा‌ थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]

February 4, 2025

सिटीलाई पछि पार्दै चेल्सी चौथो स्थानमा

एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं‌ […]

February 3, 2025

नव ज्योति च्यालेन्ज कप – मोरङको जित

हिमाल खरेल,बिर्तामोड मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ ले हराउँदै नव प्रगति अन्तिम ४ मा पुगेको हो। नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औं मिनेटमा ओसन राईले गोल […]

Success

Thank you for your time.