7 months ago
July 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४० खेलाडी बोलाएको छ ।
देशभर छनोट सञ्चालन गर्दै एन्फाले ४० खेलाडी छनोट बन्द प्रशिक्षणका लागि बोलाएको हो । ४० खेलाडी मध्ये छनोट भएका खेलाडी सहित नेपालबाट उमेर समूहमा खेलिसकेका खेलाडी समेत रहेका छन् ।
नेपालको प्रतिनिधित्व गरिसकेका मध्ये अधिकांश खेलाडी काठमाडौंमा नै भएको साफ यु-१९ च्याम्पियनसिप खेलेका खेलाडी छन् ।
टोलीको प्रशिक्षणको जिम्मेवारी उर्जन श्रेष्ठले पाएका छन् । श्रेष्ठले यसअघि नेपालको यु-१७ टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह सकेका छन् ।
प्रतियोगिता साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुँनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।
समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध भदौ ३ गते र तेस्रो खेल बंगलादेशसँग भदौ ६ गते खेल्नेछ ।
समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । सेमिफाइनलका दुवै खेल भदौ १० गते फाइनल भदौ १२ गते हुनेछ। यो प्रतियोगिता पछि नेपाली टोलीले यु-२० एसियन कपको छनोट समेत खेल्नेछ ।
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीको नामावली:
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]
February 4, 2025
एजेन्सी – चेल्सी इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लेको छ । चेल्सीले सोमवार वेष्टहम युनाइटेड २-१ ले हराउँदै अंक तालिकामा म्यानचेस्टर सिटीलाई पछि पारेको छ । १-० ले पछि परेको खेल उल्टाउन चेल्सी सफल रह्यो । चेल्सीको घरेलु मैदानमा भएको खेलको ४२ मिनेटमा जारोर्ड बोवेनको गोलबाा चेल्सीले अग्रता बनायो ।पेड्रो नेटोले ६४ औं […]