7 months ago
July 7, 2024
एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो ।
शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाएका थिए । अन्य सबै स्विस खेलाडीले भने आफ्नो पेनाल्टीमा सफल प्रहार गरे । इङ्ल्यान्डका कुनै खेलाडीले पनि गल्ती गरेनन् ।
त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । रुबेन भार्गासको क्रस इंग्लिश डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि फार पोस्टमा एम्बोलोले सहजै गोल गर्न सफल रहेका थिए ।
८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्स र टर्की बीचको खेलको विजेता विरुद्ध खेल्नेछ । सो खेल आज राती १२:४५ बजे हुनेछ ।
अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ ।
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कार राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठलाई सम्मान गरेको छ । आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलअघि मंगलवार सनिशलाई सम्मान गरेको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सनिशलाई सम्मान गरे। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । […]
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- उज्वल राईको निर्णायक गोलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गर्दै नेपाल पुलिस क्लब २४ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ। पोखरा रंगशालामा मंगलवार भएको उद्घाटन खेलको ३६ मिनेटमा उज्वल राईले कर्नरबाट उत्कृष्ट गोल गर्दै पुलिसलाई सुरुवाती अग्रता दिलाए । उज्वलको प्रहार सेकेण्ड बार च्याप्दै गरेको कर्नर प्रहार […]
February 4, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणआज पोखरा रंगशालामा सुरु हुँदैछ। आयोजक सहारा क्लबले उद्घाटन खेलमा आहाको सर्वाधिक सफल टोली मध्येको एक नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म समान ६ पटक जितेको आहा गोल्डकपमा थ्री स्टार क्लबले ५ पटक र संकटा क्लबले दुई पटक […]