default_image

8 years ago

February 5, 2017

योङ जेनेरेसन र बाह्रबिसे सिन्धु युवा कपको क्वार्टरफाइनलमा

82 views

0 Bookmark

लामोसाँघु/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)–सिन्धु युवा कप फुटबल प्रतियोगिताको दोस्रो दिन आइतबार योङ जेनेरेसन क्लब राम्चे र बाह्रबिसे फुटबल क्लब विजयी भएका छन् । जितपछि दुवै टोली प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन् ।

बसन्तपुर खेल मैदानमा योङ जेनेरेसनले श्री कालिका त्रिशक्ति युथ क्लबलाई १–० ले हरायो । अर्को खेलमा बाह्रबिसेले जुगल युथ हर्ट क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्यो । निर्धारित र थप समयमा ३–३ को बराबरीपछि टाइब्रेकरमा बाह्रबिसेले बाजी मारेको थियो । निर्धारित समयमा २–२ र थप समयमा दुवै टोलीले समान १ गोल थपेका थिए । युवा संघ नेपाल सिन्धुपाल्चोकद्धारा आयोजित प्रतियोगितामा सोमबार समूह चरणका अन्तिम खेल हुने उपाध्यक्ष कमल थापाले जानकारी दिए ।

sindu-cup

sindhu-yuwa-cup-jpg-1

January 12, 2025

सिक्किममा झापा ११ को विजयी सुरुवात

हिमाल खरेल ,बिर्तामोड‌ झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

Success

Thank you for your time.