8 months ago
July 5, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ ।
लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे ।
सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनै सन्तोष प्लेयर अफ दि म्याच चुनिए । हर्दीको दुई खेलबाट ३ अंक भएको छ । एभरेष्टको समान खेलबाट एक अंक छ ।
आजै भएको दोस्रो खेलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) र सौराहा युवा समाजले १-१ को बराबरी खेलेका छन् । खेलमा बिएफसीका लागि सन्देश श्रेष्ठ तथा सौराहाका लागि सञ्जय चौधरीले गोल गरे ।
खेलमा बिएफसीले सुरुवाती गोल गर्दै अग्रता लिएको थियो । उसका लागि सन्देशले २३ औं मिनेटमा गोल गरेका थिए । तर बिएफसीको अग्रता धेरै समय टिकेन । २९ औं मिनेटमा सौराहाका सञ्जयले बराबरी गोल गरे । सौराहाका तेजेन्द्र चौधरी प्लेयर अफ दि म्याच भए ।
बराबरीपछि बिएफसी दुई खेलबाट ४ अंकका साथ समूह ए को शिर्ष स्थानमा उक्लिएको छ । लिगमा समान दुई खेल सौराहाको २ अंक छ ।
लिगमा शनिबार दुई खेल हुनेछन् । शनिबार पहिलो खेलमा माडी ११ र यात्रा ग्रुप भिड्नेछन् । दोस्रो खेल एष्ट्रल युथ सोसाइटी र नारायणी मोटर्स युनिक एफसीबीच हुनेछ । पहिलो खेल दिउँसो ३:०० बजे र दोस्रो खेल ५:०० बजे सुरु हुनेछ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]