7 months ago
July 5, 2024
एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् ।
जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै उपाधि जितिसकेको जर्मनीले युरो कपमा भने सफलता पाएको छैन । यसपटक घरेलु टोलीका नाताले जर्मनीलाई उपाधि दावेदारको रूपमा नै हेरिएको थियो । यद्यपि २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको यस टोली माथि केही प्रश्नहरू उत्पन्न भने भइरहेका थिए ।
तर सो विश्वकप पश्चात जुलियन नागेल्समनलाई प्रशिक्षकका रूपमा भित्र्याएको कारण टोली बलियो बन्दै गएको थियो । रणनितीक रूपमा युवा भएपनि नागेल्समन विश्व फुटबलमा एक सक्षम प्रशिक्षकका रूपमा अडिएका छन् । त्यसमाथि जर्मनीको टोलीमा उत्कृष्ट युवा खेलाडीका साथै अनुभवी खेलाडीको कमी भने रहेको छैन ।
जमाल मुसियाला र फ्लरियन विर्ट्जमा जर्मनीसँग दुई उत्कृष्ट मौका सिर्जना गर्नसक्ने खेलाडी छन् । यस्तै विकल्प चाहिएको खण्ड लिरोय साने जस्ता अनुभनी विंगर समेत नागेल्समनको विकल्प रहेका छन् । साने खेल्ने सम्भावना पनि प्रवल रहेको छ तर नागेल्समनले समूह चरणमा दुई १० नम्बर खेलाडीहरूको उपयोग गर्न खोजेको कुरा छर्लङ्ग रहेको थियो ।
उता स्पेन भने दुई युवा खेलाडी- निको विलियम्स र लामिन यमालको प्रशंशाले भरिपुर्ण छन् । लालिगा लगातार हेर्ने दर्शकहरुका लागि यी दुई नाम केही नयाँ त हैनन् तर युरो कपमा यी दुई युवा खेलाडीको फुटबल दुनिया सामू राम्रो परिचय भएको छ ।
२१ वर्षीया निको र १६ वर्षीय लामिन दुई विंगर रहेका छन् । उनलाई अग्रपंक्तिना कप्तान अलभारो मोराटाले साथ दिने गरेका छन् । त्यसमाथि अर्का युवा खेलाडी पेड्री १० नम्बर भूमिकामा रहँदै आएका छन् ।
मिडफिल्डमा फावियान रुइजको समावेशीकरण राम्रो चासोका साथ हेरिएको भने थिएन । तर प्रतियोगितामा ३ गोल सहित उनले आफूलाई प्रमाणित भने गरेका छन् । उनको साथमा रहेका डिफेन्सिभ मिडफिल्डर रोड्री अहिले आफ्नो भूमिकामा उत्कृष्ट खेलाडी रहेका छन् ।
स्पेनले हालसम्म प्रतियोगितामा १ गोल मात्र खाएको छ । सो गोल आत्मघाती गोलमा रूपमा पछिल्लो खेलमा आएको थियो । स्पेनले विपक्षी टोलीलाई गोल गर्न दिएको छैन । तर स्पेनको डिफेन्सको सबैभन्दा ठूलो प्रशिक्षण आज हुनेछ ।
पहिलो क्वाटरफाइनलको नतिजा मैदानको सबै तहमा निर्धारण हुने निश्चित छ । दुवै टोलीले बल राखेर खेल्न रुचाउँछन् । त्यसमाथि काउन्टर प्रेस र मैदानको अट्याकिङ थर्डमा छिटो पुग्न खोज्नेछन् । दुई बराबर टोलीबीच आजको यस खेल पूर्ण रूपमा मनोरञ्जनात्मक हुने आँकलन गर्न सकिन्छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]