default_image

3 days ago

July 5, 2024

‘एमबाप्पे र रोनाल्डो’ – रियल म्याड्रिड ग्यालेक्टिकोस विगत र भविष्यको भेट

1799 views

0 Bookmark

एजेन्सी – बाल्यकालमा केलियन एमबाप्पेले आफ्नो कोठाको भित्तामा क्रिस्टियानो रोनाल्डोको तस्विर राखेका थिए ।

फ्रान्सेली फुटबल टोलीका कप्तान समेत रहेका एमबाप्पे अहिले फुटबलको चर्चित नाम बनिसकेका छन् । उनै एमबाप्पेले आफ्नो बाल्यकालका स्टार रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल विरुद्ध युरो कप २०२४ को क्वाटरफाइनलमा खेल्दैछन् ।

युरो २०२४ को क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल आमनेसामने हुँदा रोनाल्डो र एमबाप्पेले आ आफ्नो टोलीको कप्तानी गर्नेछन्। दुवै टोलीबाट धेरै विश्व स्तरीय खेलाडीले खेल्नेछन्, तर रोनाल्डो र एमबाप्पेबीचको ग्लेडिएटोरियल हेर्न लायक हुनेछ ।

दुई आइकन आमने सामने हुन लागेको यो पहिलोपटक भने होइन । तिनीहरूले २०१७–१८ को च्याम्पियन्स लिगको अन्तिम १६ मा खेलेका थिए । रोनाल्डोको रियल म्याड्रिडले एम्बाप्पेको पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई सजिलै ५–२ ले हराएको थियो । त्यसबेला रोनाल्डोको चौथोपटक च्याम्पियन्स लिग जितेका थिए । एमबाप्पेले च्याम्पियन्स लिग जित्न सकाको छैनन् । एमबाप्पे यो सिजनबाट रियलबाट खेल्दैछन्

युरो २०१६ फाइनलमा रोनाल्डोको पोर्चुगलसँग पराजित हुँदा एमबाप्पे फ्रान्सको सिनियर टोलीमा पुगेकै थिएनन् । उत्कृष्ट तेस्रो टोली अर्थात मुस्किलले समूह चरण पार गरेको पोर्चुगलले फाइनलमा फ्रान्सलाई १–० ले पराजित गर्दै युरो कप जितेको थियो ।

ह्यामबर्गमा उनको खेल ६ वर्ष अघि च्याम्पियन्स लिगको भन्दा विल्कुल फरक हुनेछ । त्यसबेला एमबाप्पे मात्रै १९ वर्षका थिए । अहिले उनी २५ वर्ष पुगेका छन् ।

उनमा परिपक्वता देखिएको छ । उनकै जादुमयी प्रदर्शनमा फ्रान्सले २०१८ को विश्वकपको उपाधि जित्दा २०२२ को विश्वकपमा दोस्रो स्थान हासिल गरेको थियो । उनी २०१८ मा उत्कृष्ट युवा खेलाडी बनेका एमबाप्पे २०२२ को विश्वकपमा सर्वाधिक गोलकर्ता बने ।

अब यिनै उत्कृष्ट खेलाडी एमबाप्पेको काँधमा दुई पल्टको च्याम्पियन फ्रान्सलाई युरो कप जिताउने अभिभारा छ । फ्रान्सले पछिल्लोपटक २००० मा युरो कप जितेको थियो । कहिलेकाही यो प्रतियोगितामा निकै असहज हुन्छ ।

एमबाप्पे यो सिजन रियल जानेछन्, जहाँ उनी मुख्य खेलाडी हुने अपेक्षा गरिएको छ । उनी त्यहाँको केन्द्रबिन्दु र आकर्षण हुन सक्नेछन् । यस्तै काम रोनाल्डोले आफ्नो प्राइममा देखाएको थिए ।

रियल छाडेको ६ वर्षसम्म पनि ३९ वर्षीय रोनाल्डो साउदी अरबमा व्यवसायिक फुटबल खेलिरहेका छन् । प्रि–क्वाटरफाइनलमा स्लोभेनियाविरुद्धको खेलमा वेवार्ड फ्रि–किक्स, बचाइएको पेनाल्टी र आँसुको बाढीले संक्षेप गरेपछि पोर्चुगल टोलीमा ३९ वर्षीय खेलाडीको भूमिका निकै चर्चाको विषय बनेको छ ।

तर पनि रोनाल्डोले अझै खेल्न सक्छन् भन्ने सन्देश दिएको छ । तर त्यो खेलमा डिएगो कोस्टाले तीन पेनाल्टी बचाएपछि पोर्चुगल अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो ।

के एमबाप्पेले म्याड्रिडमा रोनाल्डोलाई उछिन्न सक्छन् ?
त्यसो भए त्यो शुक्रबार राति के हुनेछ । रियल म्याड्रिडका लेजेन्ड रोनाल्डो रियलको भविष्य एमबाप्पेसँग प्रतिस्पर्धा गरिरहँदा नतिजा के आउनेछ । यदि यो हलिउड स्क्रिप्ट हो भने, सम्भावित कथा यस्तो हुन सक्छ, फ्रान्सले पोर्चुगललाई हराएमा एमबाप्पेले रोनाल्डोको आवरण ग्रहण गर्नेछन् ।

तर फुटबलमा केही भन्न सकिदैन । रोनाल्डो २५ वर्षको हुँदा उनको पोर्चुगल सन् २०१० को विश्वकपको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको थियो । त्यसपछि रोनाल्डोले अन्तर्राष्ट्रिय ट्रफी जित्न वर्षौ कुर्नुपर्यो । २०१० सम्म रोनाल्डोले तीन प्रिमियर लिग ट्रफी, एक च्याम्पियन्स लिग र एक बालोन डी’ओर जितेका थिए । त्यसपछि उनले जे जिते सबै रियलमा हुँदा जिते ।

यो उमेरमा रोनल्डोको तुलनामा एमबाप्पेसँग सातवटा लिग वान उपाधि जितेका छन् । तर, च्याम्पियन्स लिग जित्न सकेको छैनन्। तर, उनले १९ वर्षमै विश्वकप जितिसकेका छन् । यो रोनाल्डोले सकेका छैनन् ।

त्यसोभए एम्बाप्पेले रियलमा रोनाल्डोलाई उछिनेर उस्तै बाटो पछ्याउन सक्छन् ? सम्भावना देखिन्छ । रोनाल्डोले आफ्नो प्रारम्भिक दिनमा बार्सिलोना, लियोनेल मेस्सी र पेप गुआर्डीओला नै हो । अहिले न मेस्सी छन् न गुआर्डीओला ।

रियल घरेलु र च्याम्पियन्स लिगमा च्याम्पियनको रुपमा शासन गर्दैछ, र एमबाप्पेको आगमनले थप बलियो हुनेछ । रोनाल्डोले रियलमा आफ्नो पहिलो सिजनमा ३५ खेलमा ३३ गोल गरेका थिए ।

एमबाप्पेले आफ्नो क्लब करियरमा अहिलेसम्म २ सय ८७ गोल गरेका छन् भने रोनाल्डोले रियल जानुअघि मात्र १ सय १८ गोल गरेका थिए ।

रोनाल्डो रियलको एक आइकन बनेका छन्, शहरमा सिआरसेभेन ब्रान्डिङ भएको होटेल छ, उनको सोशल मिडिया खाताहरूमा आधा अरब भन्दा बढी फलोअरहरू आकर्षित गर्दछ र उनको नाममा एउटा ग्यालेक्सी पनि छ ।

तर त्यहाँको समयमा पिएसजीको स्टार आकर्षण र ठूलो बिक्री बिन्दु बनेका एम्बाप्पे रियल पुगेपछि उनलाई त्यस्तै पेडस्टलमा राखिनेछ ।

के यो क्वार्टरफाइनल जस्तो भव्य अवसरले यी मध्ये एक वा दुबैबाट उत्कृष्ट प्रदर्शन ल्याउन सक्छ ? हामी पर्खिरहेका छौं । यदि एमबाप्पे शीर्षमा आए भने रोनाल्डोको पोस्टरको प्रशंसा गर्ने बच्चाको खेलकुदको निर्विवाद पोस्टर बन्ने यात्रा अवश्य पूरा हुनेछ ।

बीबीसीकाे सहयाेगमा

July 7, 2024

ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरियो!

एजेन्सी – उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले […]

July 7, 2024

नेदरल्याण्ड्स युरोको सेमिफाइनलमा

एजेन्सी – टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित दर्ता गरेको हो । टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएको थियो । आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए […]

July 7, 2024

स्विट्जरल्यान्डलाई टाईब्रेकरमा हराउँदै इङ्ल्यान्ड युरोको सेमिफाइनलमा

एजेन्सी – इङ्ल्यान्डको युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५-४ ले हराउँदै इङ्ल्यान्डको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो । शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले […]

Success

Thank you for your time.