7 months ago
July 3, 2024
सुशिल पन्त क्षेत्री,चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ फुटबल क्लब बराबरीमा रोकिएका छन् ।
भरतपुर ७ कृष्णपुरमा बुधबारको समूह बीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । दुबै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यात्राका कप्तान शिशिरमान श्रेष्ठ म्यान अफ दि म्याच भए ।
यससँगै पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । बिहीबारबाट दोस्रो चरणका खेलहरु सुरु हुने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
दोस्रो चरणको पहिलो खेलमा बिहीबार पानस युवा क्लब र नारायणी फुटबल क्लब (एनएफसी) भिड्नेछन् । खेल साँझ ५ बजे सुरु हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको मुख्य प्रायोजन रहेको छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]