7 months ago
July 3, 2024
एजेन्सी – निकै रोमान्चक खेलमा अष्ट्रियालाई हराउँदै टर्कीले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।
जर्मनीको लाइप्जिगमा टर्कीले २-१ को जित निकाल्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो । टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए । अष्ट्रियाले खेलको अन्त्यतिर लगातार आक्रमण बुन्दै गोल फर्काएपनि बराबरी भने गर्न सकेन ।
खेलको पहिलो मिनेटमै डेमीरालले टर्कीलाई अघि बढाए । आर्डा गुलरको कर्नरमा आएको बललाई अष्ट्रियाको डिफेन्सले क्लियर गरेपनि डेमीरालले ६ यार्ड बक्स भित्रबाट गोल गर्न सफल भए । दोस्रो हाफको ६६ औं मिनेटमा गुलरकै कर्नरमा उनले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।
६६ औं मिनेटमा अष्ट्रियाले गोल फर्कायो । माइकल ग्रेगोरिस्चले क्लियर हुन नसकेको बलमा गोल गर्दै खेलमा फर्काए । त्यसपछि अष्ट्रियाले लगातार आक्रमण बुनीरह्यो । इन्ज्युरी समयको अन्तिम मिनेटमा टर्कीका गोलरक्षक मर्ट गुनोकले सानदार बचाउ गर्दै टोलीको जित सुनिश्चित गरे ।
अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । यसअघि नेदरल्यान्ड्सले रोमानियामाथि ३-० को जित दर्ता गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । अन्य क्वाटरफाइनलमा स्पेनले जर्मनी, इंग्ल्यान्डले स्विटजरल्यान्ड तथा फ्रान्सले पोर्चुगलको सामना गर्नेछ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]