default_image

7 months ago

July 2, 2024

नेदरल्याण्ड्स युरोको क्वाटरफाइनलमा

2918 views

0 Bookmark

एजेन्सी – रोमानियालाई हराउँदै नेदरल्याण्ड्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । म्युनिखमा भएको प्रिक्वाटरफाइनल खेलमा नेदरल्याण्ड्स ३-० ले विजयी भएको हो ।

२०औं मिनेटमा कोडी गाक्पोले सुरुवाती गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए । जाभि सिमोन्सको पासमा उनले बक्स भित्रबाट नियर-पोस्टमा राम्रो फिनिस गरेका थिए ।

दोस्रो गोल ८३औं मिनेटमा डोन्यल मालेनले गरे । रोमानियाका डिफेन्डर राडु ड्रागुसिनले गल्ती गरेपछि गाक्पोको पासमा उनले गोल गरेका थिए ।

तेस्रो गोल मालेनले नै इन्ज्युरी समयको चौथो मिनेटमा गर्दै जित निश्चित गरे ।

नेदरल्याण्ड्सले अब सेमिफाइनल प्रवेशका लागि अस्ट्रिया र टर्की बीचको खेलको विजेता विरुद्ध खेल्नेछ । त्यो खेल आजै राति १२:४५ बजे सुरु हुँदैछ ।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.