7 months ago
July 2, 2024
एजेन्सी – आयोजक अमेरिका कोपा अमेरिका २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा उरुग्वे विरुद्ध पराजय भोगेसँग अमेरिका समूह चरणबाटै बाहिरिएको हो ।
अमेरिकालाई पराजित गर्न उरुग्वेका लागि माथियस ओलिभिएराले ६६औं मिनेटमा खेलको एकमात्र गोल गरे ।
समूह सि का अन्तिम दुई खेल अघि अमेरिकाको र पानामाको ३-३ अंक हुँदा उरुग्वेको ६ अंक रहेको थियो । पानामाले आफ्नो खेलमा बोलिभिया माथि ३-१ को जित निकालेसँगै अमेरिका बाहिरिने निश्चित भएको हो ।
पानामाले सो खेलमा हार बेहोरेको भए अमेरिकाको गोल अन्तरका आधरबा क्वाटरफाइनलमा प्रवेश गर्ने अवसर रहेको थियो । तर अनुकूल नतिजा नआउँदा अमेरिका समूह चरणबाटै बाहिरिएको हो ।
उरुग्वेले अब सेमीफाइनल प्रवेशका लागि समूह डी को उपविजेता विरुद्ध खेल्नेछ भने पानामाले सोही समूहको विजेता विरुद्ध खेल्नेछ । सो समूहको शीर्ष दुई स्थानको छिनोफानो बुधबार बिहान हुनेछ ।
बुधवार विहान कोलम्बिया र ब्राजिल भिड्ने छन् भने कोस्टा रिका र पाराग्वे पनि भिड्दै छन् । सो समूहमा कोलम्बियाको ६ अंक छ भने ब्राजिलको ४ अंक रहेको छ । कोस्टा रिकाको १ र पाराग्वेको कुनै अंक छैन ।
गोलअन्तर राम्रो रहेकाले ब्राजिलले हार बेहोरेको र कोस्टा रिकाले जित हासिल गरेको खण्डमा पनि ब्राजिल दोस्रो चरण प्रवेश गर्ने प्रवल सम्भावना छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]