default_image

2 days ago

July 2, 2024

कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल क्वाटरफाइनलमा

11306 views

0 Bookmark

एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए । रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए ।

त्यसपछि स्लोभेनियाका बेन्जामिन सेस्कोले स्लोभेनियालाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । पेपेले आफ्नै हाफमा छुटाएको बल सेस्कोले अघि बढाएर प्रहार गरेपनि कोस्टाले वन भर्सेस वनको स्थितिमा उत्कृष्ट बचाउ गरे ।

टाइब्रेकरमा स्लोभेनियाका जोसिप इलिचिचको पहिलो प्रहार डिओगो कोस्टाले विफल पारे । लगत्तै क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गरे । कोस्टाले त्यसपछि दुवै पेनाल्टी बचाउँदा ब्रुनो फर्नान्डेस र बर्नार्डो सिल्भाले गोल गर्दै जित पक्का गरे ।

पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । फ्रान्सले आजै सम्पन्न खेलमा बेल्जियमलाई १-० ले हराएको थियो । राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् ।

क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ ।

July 3, 2024

यात्रा ग्रुप र नारायणगढको खेल बराबरी

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा यात्रा ग्रुप भरतपुर र नारायणगढ फुटबल क्लब बराबरीमा रोकिएका छन् । भरतपुर ७ कृष्णपुरमा बुधबारको समूह बीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । दुबै टोलीले केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । यात्राका कप्तान शिशिरमान श्रेष्ठ म्यान अफ दि म्याच भए । यससँगै […]

July 3, 2024

उर्जनलाई यू–२० पुरुष टोलीको जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक उर्जन श्रेष्ठ यू–२० पुरुष राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले श्रेष्ठलाई युथ टोलीको मुख्य प्रशिक्षककको जिम्मेवारी प्रदान गरेको हो । पुर्व खेलाडी समेत रहेका श्रेष्ठसँग ‘ए’ डिभिजन लिगमा प्रशिक्षण सम्हालेको अनुभव छ । उनले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबको प्रशिक्षण सम्हालिसकेका […]

July 3, 2024

बराबरीमा रोकिए पनि ब्राजिल क्वाटरफाइनलमा

एजेन्सी – कोलम्बियासँग बराबरी खेल्दै रोक्दै ब्राजिल कोपा अमेरिकाको क्वार्टरफाइनलमा पुगेको छ। अमेरिकामा जारी कोपामा यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको कोलम्बियासँग बुधबार भएको खेल‌मा ब्राजिलले १-१ को बराबरी खेलेको हो। लेभिस स्टेडियममा बराबरी खेलेपछि कोलम्बिया समूह डीको विजेता र ब्राजिल उप विजेता बन्यो। ४ खेलमा अपराजित रहँदै कोलम्बियाले ७ अंक जोड्यो। अपराजित रहेको ब्राजिलको समान खेलमा […]

Success

Thank you for your time.