default_image

2 days ago

June 30, 2024

अर्जेन्टिना शत प्रतिशत जितसहित समूह विजेता

3738 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ ।

अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा पूर्ण पकड कायम गरेको थियो ।

पहिलो हाफमा पटक पटक गोल गर्न चुकेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ४७ औं मिनेटमा लौटारोले खाता खोले । उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ७२ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपनि लिआन्द्रो पारेडेसको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । उनले डिफेन्सले क्लियर गर्न नसकेको बलमा पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरे । त्यसअघि निको टाग्लीयाफिकोको प्रयास पोस्टभित्र छिरेपनि भीएआरले अफसाइड दिएको थियो ।

यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले । यससँगै चिली भने समूह चरणबाट नै बाहिरियो । अर्जेन्टिनाको ३ खेलमा ९ अंक हुँदा क्यानडाले ४ अंक जोड्यो । चिलीको २ तथा पेरुको १ अंक रह्यो ।

July 2, 2024

कोस्टाले ३ पेनाल्टी बचाउँदा पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी […]

July 1, 2024

फ्रान्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको […]

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

Success

Thank you for your time.