default_image

2 days ago

June 29, 2024

चितवन लिगमा एभरेष्ट र माडीको बराबरी

118 views

0 Bookmark

सुशिल पन्त क्षेत्री, चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक उपविजेता एभरेष्ट क्लब चितवन र माडी ११ फुटबल क्लबले अंक बाँडेका छन्।

भरतपुर ७ कृष्णपुर मैदानमा शनिबार भएको समूह बी को खेलमा १-१ को बराबरीमा टुङ्गिएको थियो। माडीका लागि रितेश क्षेत्री र एभरेष्टका लागि विवेक खत्रीले गोल गरे ।

खेलको २५ औं मिनेटमा रितेशको गोलमा माडीले अग्रता लिएको थियो । ३२ औं मिनेटमा एभरेष्टले पेनाल्टी पायो । प्राप्त अवसरलाई सदुपयोग गर्दै विवेकले एभरेष्टका लागि बराबरी गोल फर्काए ।

एभरेष्टका गोलकिपर उमेश कार्की म्यान अफ दि म्याच भए । उनले ट्रफीसहित २ हजार पाँच सय प्राप्त गरे ।

लिगमा आइतबार समूह ए अन्तर्गत एष्ट्रल युथ सोसाइटी र सौराहा युवा समाज भिड्नेछन् । खेल साँझ ५ बजे सुरु हुनेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजन सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले गरेको छ ।

July 1, 2024

फ्रान्स युरोको क्वाटरफाइनलमा

एजेन्सी – बेल्जियमलाई हराउँदै फ्रान्स युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा आत्मघाती गोलको मद्दतमा १-० को जित दर्ता गर्दै फ्रान्स अन्तिम आठमा प्रवेश गरेको हो । खेलको एकमात्र गोल ८५औं मिनेटमा आत्मघाती गोलको रूपमा आएको थियो । रान्डाल कोलो मुआनीको प्रहार बेल्जियम डिफेन्डर यान भर्टङगनलाई लागेर गोलमा परिणत भएको […]

July 1, 2024

एन्फा यु-१८ लिग असार अन्तिमबाट

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यू–१८ युवा लिग असार अन्तिमदेखि सुरु हुने भएको छ । एन्फाले सोमबार सामाजिक संजालको माध्यमबाट यु-१८ लिग असार ३० (जुलाई १४) बाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु हुने घोषणा गरेको हो । युवा लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय क्लबहरुसँगको पटक–पटक छलफलपछि भएको एन्फाले जनाएको छ । एन्फाले प्रतियोगिताको सहभागिता, मिति […]

July 1, 2024

स्पेन फराकिलो जितसँगै क्वाटरफाइनलमा

एजेन्सी – जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ । जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर्को चरणमा स्थान पक्का गरेको हो । स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र ड्यानी ओल्मोले १-१ गोल गरे । पछिल्लो खेलमा पोर्चुगललाई हराएको जर्जियाले सुरुवाती अग्रता लिएपछि […]

Success

Thank you for your time.