7 months ago
June 29, 2024
एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् ।
नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए ।
स्विट्जरल्यान्ड समूह ए को उपविजेता बनेको थियो। पहिलो खेलमा हंगेरी विरुद्ध ३-१ को जित हासिल गरेको स्विट्जरल्यान्डले दोस्रो खेलमा स्कटल्याण्ड र तेस्रो खेलमा जर्मनीसँग समान १-१ को बराबरी खेलेको थियो ।
उता इटाली समूह बि मा दोस्रो रहेको थियो । अल्बानिया विरुद्ध २-१ को जितपछि स्पेन विरुद्ध १-० ले पराजित इटालीले अन्तिम खेलमा क्रोएसियासँग १-१ को बराबरी खेलेको थियो । अन्तिम खेलमा इन्ज्युरी समयको आठौ मिनेटमा इटालीले बराबरी गोल गरेको थियो ।
त्यस्तै आजै हुने दोस्रो प्रिक्वाटरफाइनलमा घरेलु टोली जर्मनी र डेनमार्कबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ । जर्मनी समूह ए को विजेता रहेको थियो । जर्मनीले स्कटल्याण्डलाई ५-१ र हंगेरीलाई २-० ले पराजित गरेको थियो । तेस्रो खेलमा भने जर्मनी स्विट्जरल्यान्ड विरुद्ध १-१ को बराबरीमा रोकिएको थियो ।
डेनमार्क समूह सि को उपविजेता हो । डेनमार्कले समूहमा इङ्ल्यान्ड, स्लोभेनिया र सर्बियासँगको तीन वटै खेलमा बराबरी खेलेको थियो । स्लोभेनियासँग गोलअन्तर र प्रहार गरेको गोल भएपछि पाएको पहेंलो कार्डका आधारमा डेनमार्क दोस्रो भएको थियो ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]