default_image

7 months ago

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

1742 views

0 Bookmark

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो ।

स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डाेवाले गोल गरे ।

एकपक्षीय बनेको खेलको ३१औ मिनेटमा लुइस डियाजले पेनाल्टीमा गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । पेनाल्टी बक्समा प्याट्रिकले कोर्डाेवामाथि फउल गरेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा इंग्लिस क्लब लिभरपुलका विंगर चुकेनन् ।

५९औं मिनेटमा डाभिन्सनले गोल गर्दै कोलम्वियाको अग्रता दोब्बर पारे । जोन एरिएसको कर्नरलाई सान्चेजले हेडरमार्फत जाली चुमाए ।

त्यसको तीन मिनेटपछि कोर्डाेवाले सानदार गोल गर्दै कोलम्वियाको सहज जित पक्का गरे । कप्तान हामेस रोड्रिग्वेजको चलाखीपुर्ण पासलाई उनले सानदार फिनिस गरे ।

अघिल्लो खेलमा ब्राजिललाई निराश पारेको कोस्टा रिकाले यसपटक कोलम्वियालाई भने रोक्न सकेन । यस जितसँगै समूह ‘डी’ मा कोलम्वियाको २ खेलबाट ६ अंक पुगेको छ । पराजित कोस्टा रिकाको समान खेलबाटै १ अंक छ ।

यसअघि अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले पनि एक खेल बाँकी छँदै क्वाटर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.