7 months ago
June 28, 2024
सुशिल पन्त क्षेत्री, चितवन
सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा साविक विजेता हानामी भरतपुर फुटबल क्लब (विएफसी) ले विजयी सुरुवात गरेको छ ।
भरतपुर ७ कृष्णपुर मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा नारायणी फुटबल क्लबलाई २-० ले हराउँदै विएफसीले विजयी सुरुवात गरेको हो । सुमन आले मगर र सागर तामाङ लोप्चनले गोल गरे ।
खेलको सातौं मिनेटमा सुमनको गोलमा विएफसीले अग्रता लिएको थियो । ५९ औं मिनेटमा सागरले गोल गर्दै २-० को जित निश्चित गरे। विएफसीका अन्जन चौधरी म्यान अफ दि म्याच चुनिए । लिगमा शनिबार साविक उपविजेता एभरेष्ट क्लब र माडी ११ भिड्नेछन् । खेल बेलुकी ५ बजे कृष्णपुरमा हुनेछ ।
त्यसअघि लिगको अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङका प्रिन्सिपल यज्ञविलास पौडेल (वाइबी) लगायतको उपस्तिथि थियो । चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज रहेको छ ।
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]
February 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]
February 4, 2025
सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]