default_image

7 months ago

June 28, 2024

नेपालले फोर नेसन्स कप नखेल्ने !

19111 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- नेपाली‌ राष्ट्रिय महिला फुटबल टोलीले यसै महिना लेबनानमा हुने भनिएको फोर नेसन्स कप नखेल्ने लगभग निश्चित भएको छ।

लेबनान फुटबल संघले प्रतियोगिताको तालिका गरिसकेको भए‌पनि लेबनानमा असुरक्षित रहेको भन्दै टोलीलाई नपठाउनेमा तयारी अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको बुझिएको छ।

‘बंगलादेशले भाग नलिने भन्ने सुचना प्राप्त भएको छ ।हामीले पनि यो विषय चर्चा गरेका छौं । भोलि एन्फा औपचारिक निर्णय आउनेछ, एन्फा स्रोतले भन्यो।

नेपालले २६ गते जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने तालिका थियो।

नेपाल दोस्रो खेल बंगलादेशसँग असार २९ गते र अन्तिम खेल साउन १ गते घरेलु टोली लेबनानसँग खेल्ने तय थियो। त्यस लागि नेपाली टोलीको घोषणा पनि भइसकेको थियो।

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

February 4, 2025

आयोजक सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा इलामको रेर्ड हर्स एफसीमाथि १-० अन्तरको सान्त्वना जित दर्ता गर्दै आयोजक अन्तिम चारमा पक्का भएको हो । आयोजकका लागि खेलको १६ औँ मिनेटमा आयुष श्रेष्ठले गोल गरे । उनी खेलको प्लेयर अफ […]

February 4, 2025

लखन कपमा‌ आयोजकको जित

सुमन अधिकारी, बुटवल बुटवलमा लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ सरु भएको छ । लखन ब्रदर्श युथ क्लबको आयोजनामा मंगलवार सुरु भएको खेलमा आयोजक लखन ब्रदर्श (सेतो)ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा लखनले चाँदनी युवा क्लबलाई ५-१ ले पराजित गर्यो। सिद्धेश्वर लाल कुमारी मावि खेलमैदान भएको खेलमा आयोजकको जितमा मिलन आले र […]

Success

Thank you for your time.