default_image

6 months ago

June 28, 2024

रियल म्याड्रिड कप्तान नाचो साउदी लिगमा

2352 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा डिफेन्डर नाचो फर्नान्डेस साउदी प्रो लिग टोली अल कादसियामा अनुबन्धित भएका छन् । नाचो भर्खरै साउदी शीर्ष डिभिजनमा बढवा भएको टोलीमा अनुबन्धित भएका हुन् ।  

सान्टियागो बर्नाबेउमा सम्झौताको अवधि सकिएसँगै युरो २०२४ मा स्पेनको प्रतिनिधित्व गरिरहेका नाँचोले नयाँ चुनौती पछ्याउने निर्णय गरेका छन् । ३४ वर्षीय नाँचो रियलले गत सिजन कीर्तिमानी ३५औं पटक ला लिगा, १५औं पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कोपा जित्दा टोलीका महत्वपूर्ण सदस्य हुन् ।

उनको प्रस्थानले क्लबसँगको २३ वर्षको लामो यात्रा टुंगिने छ । नाँचो सन् २००१ देखि नै रियलमा रहेका थिए । रियलकै एकेडेमीबाट आफ्नो प्रतिभा निखारेका नाँचोले सन् २०११ मा मात्रै रियलको सिनियर टोलीमा स्थान बनाएका थिए ।

त्यसयता उनी रियलको महत्वपूर्ण सदस्य छन् । उनले रियलबाट ३६४ खेलबाट १६ गोल गरेका छन् । विभिन्न २६ उपाधि जितेका छन् । नाँचो ६ पटक च्याम्पियन्स लिग जित्ने खेलाडीसमेत हुन् ।

नाँचोले क्लब छाड्ने भएसँगै अब रियलको कप्तानी भेट्रान मिडफिल्डर लुका मोड्रिचले सम्हाल्नेछन् । उनले रियलसँग थप एक वर्षको सम्झौता गरिसकेका छन् । मोड्रिचपछि ड्यानी कार्भाहल, लुकास भाज्क्वेज, फेडेरिको भाल्भर्डे, थिवाउट कोर्टुवा र भिनिसियस जुनियर कप्तानीको सुचीमा रहेका छन् ।

December 26, 2024

एनआरटी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर न्युरोड टिम ( एनआरटी) फिदिममा जारी ११औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । फिदिम माविको मैदानमा बिहीवार भएको अन्तिम क्वाटरफाइनलमा सिरहाको सलेहश क्लबलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एनआरटी अन्तिम चारमा पुगेको हो । योसँगै फाल्गुनन्द गोल्डकपको सेमिफाइनल समीकरण  पूरा भएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र क्लब र चर्च […]

December 26, 2024

थ्री स्टारको यू-१६ टिमलाई आफ्नै समर्थकको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको एन्फा यू१६ लिगका लागि थ्री स्टार क्लबले आफ्नो समर्थकबाट प्रायोजन पाएको छ । लामो समयदेखि क्लबको समर्थन गर्दै आएका हाल अष्ट्रेलिया निवासी अरुण तिवारीले क्लबको यू१६ टोलीलाई आफ्नो कम्पनि सिल्भर रे रिअल्टिमार्फत प्रायोजन गरेका हुन् । थ्री स्टारले आफ्नो सामाजिक संजालमार्फत प्रायोजन […]

December 26, 2024

प्याब्सन बुढानिलकण्ठ र हिमालयन शेर्पाबिच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद)- प्याब्सन बुढानिलकण्ठ र ए डिभिजन टोली हिमालयन शेर्पा क्लबबीच ग्रासरुट फुटबल कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । स्थानीय स्तरमा फुटबल खेलकुदको प्रवर्द्धन र नयाँ प्रतिभाको पहिचानका लागि बिहीवार सम्झौता भएको हो। सम्झौताअनुसार, बुढानिलकण्ठ नगरपालिका भित्रका विद्यालयका बालबालिकालाई लक्षित गरी फुटबल प्रशिक्षण कार्यक्रम संचालन हुने बताइएको छ । बालबालिकाहरूमा फुटबल खेलप्रति रुचि […]

Success

Thank you for your time.