9 months ago
June 27, 2024
एजेन्सी – युरो २०२४ को समूह एफ को अन्तिम खेलमा पोर्चुगल जर्जियासँग पराजित भएको छ । जर्जियासँग २-० को हारका बाबजुद पोर्चुगल समूह विजेता भने बन्यो ।
जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा जर्जियाले दुवै हाफमा १-१ गोल गरेको थियो । पोर्चुगलले आफ्नो दोस्रो रोजाइको टोलीलाई अवसर दिएको थियो । प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई पहिलो रोजाइमा उतारेपनि उनले जारी युरोमा गोलको खाता खोल्न सकेनन् ।
खेलको दोस्रो मिनेटमा नेपोलीका विंगर क्विचा क्भारात्क्षेलियाले अग्रता दिलाए । पोर्चुगलका एन्टोनियो सिल्भाले दिएको गलत पासमा बढेको आक्रमणमा जर्जेस मिकाउताद्जेले दिएको अन्तिम पासमा उनले गोल गरे ।
दोस्रो हाफको ५७ औं मिनेटमा जर्जियाले पेनाल्टीको अवसर पायो । सिल्भाले नै पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई मिकाउताद्जेले गोल गरेका थिए । गोल्डेन बुट दौडमा अघि रहेका उनको जारी प्रतियोगितामा यो तेस्रो गोल हो ।
समूहको अर्को खेलमा टर्कीले चेकियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । चेकियाले पहिलो हाफमै १० खेलाडीमा सिमित भएपनि कडा चुनौती पेश गरेको थियो । तर इन्ज्युरी समयको पाँचौ मिनेटमा चेन्क तोसुनले विजयी गोल गरे । त्यसअघि कप्तान हाकान चाल्हानोग्लुको गोललाई चेकियाका कप्तान टोमस सुचेकले बराबरी गरेका थिए ।
पोर्चुगल र टर्की समान ६-६ अंकका साथ क्रमश: शीर्ष २ स्थानमा रहे । पहिलो पटक युरोमा छनोट भएको जर्जिया पनि ४ अंकका साथ अन्तिम १६ मा प्रवेश गर्यो । १ अंक जोडेको चेकिया बाहिरिएको छ ।
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]
March 13, 2025
हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]
March 13, 2025
हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]