default_image

3 days ago

June 27, 2024

युरो कपको अन्तिम १६ मा बेल्जियम र फ्रान्स भिड्ने

4236 views

0 Bookmark

एजेन्सी – युरो कप २०२४ को अन्तिम १६ मा बेल्जियमको प्रतिद्वन्दी फ्रान्स हुने भएको छ । समूह ई मा उपविजेता बनेपछि बेल्जियमले क्वाटरफाइनल प्रवेशका लागि फ्रान्स विरुद्ध खेल्ने भएको हो ।

समूह चरणको अन्तिम खेलमा बुधबार बेल्जियम युक्रेन विरुद्ध गोलरहित बराबरीमा रोकिएको हो । उता सोही समूहको अर्को खेलमा रोमानिया र स्लोभाकियाले पनि १-१ को बराबरी खेले ।

यी दुई नतिजा पछि समुहका चार टोलीले नै समान ४ अंक भएको छ । रोमानिया र बेल्जियमको गोलअन्तर समेत बराबर भएपछि रोमानियाले धेरै गोल गरेकोले समूह विजेता बन्यो । स्लोभाकिया भने गोलअन्तरकै आधारमा तेस्रो हुँदा युक्रेन पुछारमा रह्यो ।

बेल्जियमले फ्रान्स विरुद्ध खेल्ने भएपनि रोमानियाको प्रतिद्वन्दी छिनोफानो हुन बाँकी छ। छिनोफानो भएको मध्य इटालीले स्विट्जरल्यान्ड र जर्मनीले डेनमार्क विरुद्ध खेल्नेछन् ।

उता युक्रेन ४ अंक हासिल गर्दा समेत समूह चरणबाट बाहिरिने पहिलो टोली बनेको छ । स्लोभेनिया र हंगेरी ३ अंक हासिल गरेर आ-आफ्नो समूहमा तेस्रो हुँदै अर्को चरण पुग्ने सम्भावना बाँकी छ । तर युक्रेन भने समूह चरणबाट घर फर्किने भएको हो ।

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.