default_image

3 days ago

June 26, 2024

लेबनानमा हुने वुमेन्स कपका लागि नेपाली टोली घोषणा

2892 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आउँदो जुलाईमा लेबनानमा हुने सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ । प्रशिक्षक राजेन्द्र तामाङले नेपालको २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

टोलीमा वाफ च्याम्पियनशिपका लागि साउदी अरब पुगेका खेलाडीहरुकै बाहुल्यता छ । सो प्रतियोगितामा घाइते भएकी मिडफिल्डर प्रिती राई टोलीमा समावेश भएकी छन् । एसियाली खेलकुदमा घाइते भएकी सरु लिम्बु र रेनुका नगरकोटे पनि टोलीमा फर्केका छन् ।

नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन विरुद्ध नै पराजित हुन पुगेको थियो । सो खेल नेपालले टाईब्रेकरमा जोर्डनलाई सुम्पिएको थियो।

नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा प्रतिस्पर्धा गर्नेछ ।

चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

टोलीको प्रशिक्षण राजेन्द्र तामाङले गरिरहेका छन् । नेपाली टोली पश्चिम एसियाली (वाफ) च्याम्पियनसिपको उपविजेता बन्दा पनि तामाङ नै नेपालको प्रशिक्षक रहेका थिए ।

नेपाली टोली:

गोलकिपर: एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर: अमृता जैसी, गीता राना, हीरा कुमारी भुजेल, विमल विक, निशा ठोकर, पूजा राना, समीक्षा घिमिरे

मिडफिल्डर: रेणुका नगरकोटे, सरु लिम्बू, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी

फरवार्ड: सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.