default_image

3 days ago

June 26, 2024

नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्ने

5657 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सेडार वुमेन्स कप २०२४ चार देशीय महिला फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनको विरुद्ध खेल्ने भएको छ । आयोजक लेबनान फुटबल संघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल जोर्डन विरुद्ध हुने भएको हो

नेपालको जोर्डन विरुद्धको पहिलो खेल असार २६ (जुलाई १०) का दिन हुनेछ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डन विरुद्ध नै पराजित हुन पुगेको थियो । सो खेल नेपालले टाईब्रेकरमा जोर्डनलाई सुम्पिएको थियो।

नेपालले जोर्डन पछि दक्षिण एसियाली प्रतिद्वन्दी बंगलादेश विरुद्ध असार २९ (जुलाई १३) मा खेल्नेछ भने घरेलु टोली लेबनान विरुद्ध श्रावण १ (जुलाई १६) मा प्रतिस्पर्धा गर्नेछ ।

चार टोली सम्मिलित प्रतियोगिता सिंगल राउण्ड रोबिन पद्धतिमा खेलाईने छ । तालिकामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् ।

प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला टोली बन्द प्रशिक्षणमा रहेको छ । टोलीको प्रशिक्षण राजेन्द्र तामाङले गरिरहेका छन् । नेपाली टोली पश्चिम एसियाली (वाफ) च्याम्पियनसिपको उपविजेता बन्दा पनि तामाङ नै नेपालको प्रशिक्षक रहेका थिए ।

June 29, 2024

युरो कपको नकआउट चरण आजदेखि

एजेन्सी – युरो कप २०२४ को नकआउट चरण आजदेखि सुरु हुँदैछ । अन्तिम १६ चरण अन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समूह अनुसार ९:४५ बजे बर्लिनमा हुने पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्ड र इटाली भिड्ने छन् । दुवै टोलीले आ-आफ्ना समूहमा दोस्रो स्थान हासिल गरेका थिए । स्विट्जरल्यान्ड समूह ए को उपविजेता रह्यो । पहिलो […]

June 29, 2024

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

एजेन्सी – भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ। एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो। पाराग्वे अंकविहीन रहेको छ।  पाराग्वे भने […]

June 29, 2024

कोलम्विया कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी – कोस्टा रिकामाथि सहज जित हात पार्दै कोलम्विया कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोस्टा रिकालाई ३–० ले पराजित गरेपछि कोलम्वियाले समुह ‘डी’ मा एक खेल बाँकी छँदै अन्तिम आठको यात्रा तय गरेको हो । स्टेट फार्म स्टेडियम ग्लेनडेल एरिजोना अमेरिकामा शुक्रबार राति भएको खेलमा कोलम्वियाको सहज जितमा लुइस डियाज, डाभिन्सन […]

Success

Thank you for your time.