default_image

3 months ago

June 26, 2024

अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा

2586 views

0 Bookmark

एजेन्सी – लगातार दोस्रो खेल जित्दै अमेरिकामा‌ जारी अर्जेन्टिना कोपा अमेरिकाको नकआउट चरणमा पुगेको छ।

न्यू जर्सीको मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको समूह ‘ए’को खेलमा अर्जेन्टिनाले चिलीलाई १-०ले पराजित गरेको हो। खेलको अन्त्यतिर परिवर्तित खेलाडी लाउटारो मार्टिनेजले गरेको गोल खेलको निर्णायक बनेको थियो ।

मार्टिनेजले खेलको ८८औं मिनेटमा गोल गरेका थिए । इन्ज्युरी समयमा मार्टिनेजले एन्जिलो डि मारियाको पासमा अर्को गोल थप्ने मौका चुकाएका‌ थिए।
लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाको दुई खेलबाट ६ अंक भएको छ।

पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० ले हराएको थियो। चिली पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यो समूहको अर्को खेलमा क्यानाडाले १० खेलाडीमा समेटिएको पेरुलाई १-० ले हरायो। क्यानडाका लागि जोनाथन डेभिडले खेलको ७४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। उनले याकूब शफेलबर्गको पासमा गोल गरेका थिए।

त्यसअघि खेलको ५९औं मिनेटमा पेरु १० खेलाडीमा समेटिएको थियो। मिगुएल अराउजो रातो कार्ड खाँदै मैदान छाडेका थिए । समूहमा‌ अब अर्जेन्टिनाले पेरु र क्यानाडाले चिलीसँग खेल्नेछ।

September 29, 2024

ओसासुनासँग बार्सिलोना स्तब्ध

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोना ओसासुनासँग स्तब्ध बनेको छ । घरेलु मैदानमा ओसासुनाले यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनालाई ४–२ ले स्तब्ध पारेको हो । ला लिगामा यो सिजन सानदार सुरुवात गरेको बार्सिलोनाको पहिलो हार हो । यससँगै यो सिजनको ला लिगामा बार्सिलोनाको आठौं खेलमा अपराजित यात्रामा पुर्णविराम लागेको छ । यसअघि […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

September 28, 2024

सिटीको लगातार दोस्रो बराबरी

एजेन्सी –इङ्ग्लिस प्रियिमर लिग(इपिएल)को शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले लगातार दोस्रो बराबरी खेलेको छ । लगातार दोस्रो बराबरी खेल्ने क्रममा साविक विजेता सिटी शनिवार न्युक्यासल युनाइटेडसँग १-१ को बराबरीमा रोकिएको छ । न्युकासलको घरेलु मैदानमा भएको खेलमा सिटीका लागि जेस्को जिभार्डियोल र न्युक्यासल एन्थोनली गोर्डनले गोल गरे । खेलमा अग्रता भने सिटीले लिएको थियो । […]

Success

Thank you for your time.