default_image

7 months ago

June 25, 2024

अर्जेन्टिना चिली विरुद्ध खेल्दै

2938 views

0 Bookmark

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को दोस्रो खेलमा चिली विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे न्यू जर्सीमा सुरु हुनेछ ।

अर्जेन्टिनाले पहिलो खेलमा क्यानडा विरुद्ध २-० को जित हात पारेको थियो । पहिलो खेलमा अर्जेन्टिना खेलमा हावि भएपनि सोचेअनुरूप प्रदर्शन भने रहेको थिएन ।

अर्जेन्टिनाले थुप्रै अवसरहरू खेर फालेको थियो । स्टार खेलाडी लियोनेल मेस्सीले पनि दुई उत्कृष्ट अवसरको सदुपयोग गर्न सकेका थिएनन् । ३७ वर्षीय मेस्सीले खेलमा गोल गर्न नसकेपनि लौतारो मार्टीनेजको दोस्रो गोलमा असिस्ट गरेका थिए । पहिलो गोलमा पनि उत्कृष्ट पास गर्दै गोलको अवसर सिर्जना गरेका थिए ।

अर्जेन्टिनाले एन्जल डी मारियालाई दोस्रो खेलमा विश्राम दिने चर्चा रहेको छ । उनको ठाउँ मिडफिल्डर जियोभानी लोसेल्सो वा निको गोन्जालेजले लिने सक्ने अर्जेन्टिनी सञ्चार माध्यमले अनुमान गरेका छन् ।

अर्जेन्टिनाको चिली विरुद्ध हालको केही संस्करणमा प्रदर्सशन सम्झनलायक भने छैन । सन् २०१५ र २०१६ को संस्करणमा अर्जेन्टिना चिलीसँग फाइनलमा पराजित भएको थियो । २०१९ को संस्करणमा तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिना विजयी भएतापनि सो खेलमा मेस्सीले रातो कार्ड पाउँदै मैदान छाडेका थिए । २०२१ मा पनि अर्जेन्टिना चिलीसँग १-१ को बराबरीमा रोकिएको थियो ।

यसपटक चिली पहिलो खेलमा पेरूसँग बराबरीमा रोकिएको थियो । पेरूले क्यानडा विरुद्ध बुधबार बिहान ३:४५ बजे खेल्दैछ ।

February 5, 2025

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]

February 5, 2025

एट्लेटिको कोपा डेल रेको सेमिफाइनलमा

एजेन्सी – फराकिलो अन्तरको‌ जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]

February 5, 2025

लोक आदर्श विजयी

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]

Success

Thank you for your time.