8 years ago
February 4, 2017
लन्डन (एजेन्सी)– इडन हजार्डले सनसनीपूर्ण गोल गरेको प्रिमियर लिगको खेलमा शनिबार चेल्सीले आर्सनलमाथि ३–१ को सहज जित हासिल गरेको छ ।
एन्टोनियो कोन्टेको टोलीका लागि मार्कोस अलन्सोले १३ औं मिनेटमै गोल गरेका थिए । डिएगो कोस्टाको हेड प्रहार बारमा लागेर फर्केपछि अलन्सोले गोल गरेका थिए । ५३ औं मिनेटमा इडन हजार्डले विपक्षी रक्षापक्तिलाई छलाउँदै दोस्रो गोल गरे । सेस फेब्रिगासले खेल सकिन ५ मिनेट बाँकी रहँदा टोलीका लागि तेस्रो गोल गरे ।
ओलिभर जिर्राउडले इन्जुरी समयको पहिलो मिनेटमा गोल फर्काएपछि त्यो आर्सनलका लागि निकै ढिला भइसकेको थियो । जितपछि चेल्सी शीर्षस्थानमा थप मजबुद बनेको छ । २४ खेलमा चेल्सीको ५९ अंक पुगेको छ । समान खेलमा आर्सनलको ४७ अंक छ र टोली तेस्रो स्थानमा छ । एक खेल कम खेलेको टोनेटह्यामको पनि ४७ अंक छ ।
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् । दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]