8 months ago
June 24, 2024
एजेन्सी – ब्राजिलले मंगलबार बिहान कोपा अमेरिका २०२४ यात्राको सुरुवात गर्दैछ । समूह डीमा ब्राजिलले कोस्टा रिका विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
खेल मंगलबार नेपाली समय अनुसार बिहान ६:४५ बजे सुरु हुनेछ । त्यसअघि राति ३:४५ बजे कोलम्बिया र पाराग्वेले एकअर्काको सामना गर्नेछन्।
ब्राजिलले कोपा अमेरिकाको तयारीका लागि दुई मैत्रीपूर्ण खेलहरु खेलेको थियो । मेक्सिकोलाई ३-२ ले हराएको ब्राजिलले अमेरिकासँग १-१ को बराबरी खेलेको थियो ।
सन् २०१९ को उपाधि विजेता ब्राजिल २०२१ को फाइनलमा घरेलु भूमिमा अर्जेन्टिनासँग पराजित भएको थियो । यसपटक भने ब्राजिल सँगै अर्जेन्टिना र उरुग्वेलाई उपाधि दावेदारका रुपमा हेरिएको छ ।
विश्व च्याम्पियन अर्जेन्टिना र मार्सेलो बिएल्साको प्रशिक्षणमा रहेको उरुग्वेले विजयी सुरुवात गरिसकेका छन् ।
February 5, 2025
पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ । पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो । यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको […]
February 5, 2025
एजेन्सी – फराकिलो अन्तरको जितेका साथ एट्लेटिको म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। सियोभानी सिम्योनी ले २ गोल गरेको खेलमा मंगलवार गेटाफेलाई ५-० ले हराउँदै एट्लेटिको अन्तिम चारमा पुगेको हो। सिम्योनीले आठौं मिनेट पहिलो र १७ औं मिनेटमा व्दोस्रो गोल गरे । ४२ औं मिनेटमा स्यामुएल लिनोले गोल गरेपछि एट्लेटिले पहिलो हाफमा नै ३-० […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा मंगलवार लोक आर्दश एकेडेमी विजयी भएको छ। लोक आर्दशले चन्द्रागिरीको न्यु होराइजन एकेडेमी १०-१ ले हराएको थियो। लोक आदर्शका तर्फबाट शिव थापाले ६ आरध्य चौधरीले २, धन बहादुर साउद र रोसन खपाङगीले समान १ गोल गरे। ६ गोल गरेका शिव प्लेयर अफ दि […]